लपु संवाददाता
१ असोज ०७६, बडिखेल । बडिखेलका स्थानीय आरसिंह पहरीलाई नाङ्ला,डाला,डस्विन ढकी,पर्दा,फूलदानी, मन्दिरलगायत हरेक सामान बनाउन आउँछ । २०१० सालमा जन्मेका आरसिंह १५ बर्षदेखि बाँस कला सिके । ५० बर्षसम्म एउटै पेशामा आवद्ध उनी बाल्यकालमा काठमाडौंको भेल्ढोकादेखि काभ्रेको विहावरसम्म बाँस खोज्न भौतारिएको सुनाउछन् ।
बडिखेलकै सान्ननी नगरकोटी पनि बाँसका नाङ्ला ढाला बनाउँछिन् । एउटा नाङ्ला बुन्ने सान्नानी दिनको ३ सय पचास कमाउँछिन् । भन्छिन्,‘घरमै बसेर पैसा कमाइन्छ ।’
‘नाङ्ला किन्न धेरैजसो ग्राहक घरमै आउँछन् । बजार त कहिले काँही जाने हो ।’ उनी भन्छिन् । उनका अनुसार बडिखेलमा बनाएको नाङ्ला काठमाडौंका व्यापारीले भारतसम्म पु¥याउछन् । डस्वीन,¥याक दराज राजधानीको कोपण्डोलमा बिक्रि हुन्छ ।
स्थानीय ध्रुव पहरीका अनुसार आजकल नयाँ पुस्ता समेत यो पेशामा आवद्ध हुन थालेका छन् । घरमा बसिवियालोको रुपमा सिक्ने बाँस कला बडिखेलको पहिचान नै बनेको छ । स्थानीयबासीको पुख्यौली पेशा धान्न बजारका आनुनिक सरसामान बाधक छन् । तर आजपयन्त बासका सामान बन्दै छन् ।
वडिखेलको तत्कालिन गाविस हुँदाताका ४ र ५ वडामा नाङ्लो, ६ र ७ वडामा ¥याक,८ नम्बर वडामा डालो बनाउने गरिन्थ्यो । यहाँका बडिखेलको १ र २ नम्बर वडाका स्थानीय प्रायः जागिरे छन् । डोको चाहि घ्याम्पेडाँडातिर बनाउथे । आजकल पनि यस्तै छ ।
नगरपालिकाका कार्यलय सहयोगी आत्माराम घिमिरेका बडिखेलमा अनुसार २०६८ को जनगणना अनुसार ५१ प्र्रतिशत पहरी जाती र ४९ प्रतिशत ब्राम्हण क्षेत्रीलगायत अन्य जाती बसोबास गर्छन् ।
वडाको दस्तावेज अनुसार २१ सय पहरी जाती छन् भने अन्य जाती १९ सय रहेको छन् ।
गोदावरी नगरपालिका वडा ४ का वडाध्यक्ष मुकुन्द पहरीका अनुसार यहाँ करिव ३ सय परिवारले बाँसका सामान बनाउछन् । युवा पुस्ता आधुनिक सरसामान बनाउनेतर्फ अग्रसर छ भने पुराना पुस्ता पेशाबाट पलायन हुने क्रममा छ । आजकल बासँका कला प्रयोग गरेर रेष्टुरेण्ट बनाउने बेत निगालो प्रयोग गरेर सोफा बेच्न टेवुल बनाउने चलन बढ्दो छ ।
नगरपालिकाले बाँसकला प्रबद्र्धन गर्न २० लाख बजेट छुट्याएको वडाध्यक्ष मुकुन्दले जानकारी दिए । उनले भने, ‘हामी युवाहरुलाई आधुनिक तालिम दिएर यो पेशामा स्थापित गराउन चाहान्छौं ।’
वडाध्यक्ष मुकुन्दका अनुसार प्रदेशमा पनि बजेटका लागि कुराकानी भइरहेको छ ।
प्रतिक्रिया