१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


ढाका कपडाको फेशन शो हुने


१ आश्विन २०७६, बुधबार  

0
Shares


१ असोज ०७६, काठमाडौं । मोडलिङसम्बन्धी काम गर्दै आईरहेको ढाका इभेन्ज कम्पनीले ढाका कपडाको प्रर्वद्धन गर्ने र यसको मौलिकतालाई विश्वस्तरमा चिनाउने उद्देश्यका साथ ‘ढाका रन वे ब्राइडल शो’ को आयोजना गर्ने भएको छ ।
यही सेप्टेम्बर २८ तारिखमा हुने उक्त फेशन शोमा नेपालका चर्चित डिजाईनर मनिश राई, मुक बुटिक (मुक्ता श्रेष्ठ), अर्बन भोग नेपाल (प्रफुल रिजाल, भारती आचार्य), विजय गौतम, मर्सल माश्सलले आफ्नो कलेक्शन÷पहिरन तथा डिजाइन देखाउने पनि आयोजकले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरेर जनाएको छ ।
काठमाडौंको कुपण्डोलस्थित् म्याक्सिम बैंक्वेटमा हुने उक्त फेशन शोमा ३५ जना मोडलहरुले सहभागिता हुने आयोजकले बताएको छ । यस शोमा नायिका, मोडेल तथा गायिका परमीता आर.एल. राणा, मोडल सबिता कार्की, मिस नेपाल अश्मी श्रेष्ठ, नायिका करुणा श्रेष्ठ, नायिका तथा मोडल सिर्जना रेग्मीको विशेष उपस्थिति रहने र अन्य प्रस्तुतिहरु पनि समावेश गरिएको कम्पनीका क्रिएटिभ डाईरेक्टर अजय गुरुङले जानकारी दिए । परमीता आर.एल.राणा ढाका इभेन्ज कम्पनीकी ब्राण्ड एम्बासडर पनि हुन् ।
उनका अनुसार यस शो जम्मा ५ घण्टाको हुनेछ। शोमा सहभागिता जनाई नेपाली ढाका कपडाको प्रर्वद्धन र ढाका प्रयोगमा प्रोत्साहनमा सहयोग गर्न आयोजकले अपिल गरेको छ । उक्त शोको उद्धघाट्न भने नेपाली कांग्रेसकी नेतृ तथा सांसद पार्वता डिसी चौधरीले गर्ने आयोजकले जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा आयोजकको तर्फबाट क्रिएटिभ डाईरेक्टर गुरुङसहित सिईओ रिषत रेमन, प्रवन्ध निर्देशक दीक्षा चौधरी र बजार निर्देशक आशिष श्रेष्ठको सहभागिता थियो ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  १० : २४ बजे