२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


४८ घण्टाभित्र रिहाई नगरे देश ठप्प पार्ने चेतावनी


४ आश्विन २०७६, शनिबार  

0
Shares


४ असोज ०७६, काठमाडौं । विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले ४८ घण्टाभित्र धार्मिक अभियन्ताहरुलाई रिहाई नगरे देशव्यापी रुपमा कडा आन्दोलन गर्ने चेतावनी दिएको छन् । शुक्रबार पशुपतिनाथ मन्दिर परिसरभित्र बम राखिएको घट्नाप्रतिपनि भत्र्सना गरेको छ ।
शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले ईन्द्रजात्राको अवसरमा शान्तिपूर्ण रुपमा विरोध गर्दा धार्मिक अभियन्ताहरुलाई जबरजस्ती पक्राउ गरेर हिरासतमा राखिएकोमा विरोध जनाएको छ । शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत (बाबा) लगायतका धार्मिक अभियन्ताहरुलाई राजनीतिक प्रतिशोध साँधेर सरकारले जबरजस्ती पक्राउ गरेको समितिको आरोप छ । पक्राउ परेकाहरुलाई आगामी ४८ घण्टाभित्र रिहाई नगरिए देशव्यापी रुपमा आन्दोलन गर्ने समितिका अध्यक्ष सागर थापाले चेतावनी दिए ।
समितिका महासचिव रोशनजंग बस्नेत र विश्व हिन्दू महासंघ नेपालका उपत्यका संयोजक दिनेशकुमार सिजापतिको संयुक्त नाममा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘पक्राउ गरिएका शिव सेना नेपालका अध्यक्ष बस्नेतलगायत समस्त हिन्दु धार्मिक अभियान्ताहरुलाई ४८ घण्टाभित्र रिहाइ नगरिए सरकारबिरुद्ध कडा आन्दोलन गर्न बाध्य हुनेछौँ ।’
सरकारले वर्तमान संविधान र प्रचलित अन्तर्राष्ट्रिय लोकतान्त्रिक मूल्य, मान्यता र ऐन कानुनविपरित नागरिकले बिरोध प्रदर्शन गरेकै आधारमा पक्राऊ गरि नागरिकको मानव अधिकारजस्तो मौलिक हक, वाक स्वतन्त्रता, विरोध गर्न पाउने अधिकारलाई समेत बन्देज लगाउने कार्य नरोकिए केपी ओली नेतृत्वको सरकारविरुद्ध नेपालस्थित् संयुक्त राष्ट्रसंघको कार्यालयमासमेत मानबअधिकार हननको उजुरी दिनेछौँ । तसर्थ वर्तमान होलीवाइन सरकारले सनातन धर्म र हिन्दु धार्मिक अभियान्ताहरुबिरुद्ध कानुनबिपरित पक्राउ गरि तर्साउने वा धम्क्याउने कुचेष्टा भविष्यका दिनहरुमा समेत नगर्न चेतावनी दिन चाहान्छौँ ।’

पशुपतिनाथ मन्दिर त सुरक्षित छैन भने सिंहदरबार र बालुवाटार कसरी सुरक्षित हुन्छ?

कार्यक्रममा बैंकटेश्वर पिठाधिश स्वामी पद्यमधराचार्यले पशुपतिनाथ मन्दिर परिसरभित्र भएको बम आतंक सिर्जना गर्नेलाई तत्काल कारवाही गर्न सरकारसँग माग गरे । उनले धार्मिक अभियन्ताहरुलाई पनि बिना शर्त रिहाईको माग गरे । उनले विश्व हिन्दू महासंघ पूनर्जागरण अभियानलाई सबै क्षेत्रबाट साथ र सहयोग हुनुपर्ने बताए ।
कार्यक्रममा हिन्दू जागरण नेपालका अध्यक्ष पण्डित रामकृष्ण उपाध्यायले मेचिदेखि महाकालीसम्म आम हिन्दूहरु जाग्नुपर्ने बेला आएको सुनाए । उनले भने,‘संसारकै हिन्दूहरुको आस्थाको धरोहरको रुपमा रहेको पशुपतिनाथ क्षेत्रभित्र बम राख्नेले तपाईको घरमा पनि बम राख्न सक्छन् । त्यो भनेको बालुवाटार र सिंहदरबारपनि सुरक्षित छैन् ।’
किर्तीपुर नगरपालिका पूर्वमेयर तथा धर्म, संस्कृति, परम्परा संरक्षण समितिका केन्द्रिय संयोजक ध्रुव महर्जनले धार्मिक अभियन्ताहरुलाई २४ घण्टाभित्र रिहाई नगरे गुठी विद्येयकविरुद्धमा काठमाडौंवासी उर्लिएझैं सशक्त आन्दोलन गर्ने चेतावनी दिए । उनले भने,‘हामी उपत्यकावासीलाई सरकारले नजिस्काओस्, हामी जाग्यौं भने सरकारले हाम्रो आन्दोलन थेग्न सक्दैन्। त्यसैले सरकारले बेलैमा बुद्धि पुर्याओस् ।’
कार्यक्रममा राष्ट्रिय एकता परिषदका सदस्यहरु दिनेश नापित, परने पासा र कपिलमान खड्गीले काठमाडौं उपत्यकाका नेवार समूदायको आफ्नो धर्म, संस्कृति र परम्पराको रक्षा गर्न लागिपर्ने बताए । उनीहरुले आफूहरुको धर्म र संस्कृतिमाथि कोही, कतैबाट प्रहार भए टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए । उनीहरुले आफूहरुबीच एकता रहेको पनि सन्देश प्रवाह गरे ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ९ : २५ बजे