६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दशैका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला


५ आश्विन २०७६, आइतबार  

0
Shares

५असोज ०७६, काठमाण्डौ । वडा दशैको अबरमा यस वर्षको पनि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ । यातायात व्यवसायी र सरकारबीच दसैंमा उपत्यकाबाट बाहिरिने यात्रुका लागि टिकट खुलाउने यसअघिको सहमति अनुसार आजबाट टिकट बुकिङ खुल्न खुला गरिएको नपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचीव सरोज सिटौला जानकारी दिनु भयो ।

त्यसै गरी नयाँ बसपार्क, गौशाला, सुन्धारा, कलंकी तथा कोटेश्वरबाट सम्बन्धित क्षेत्रका यात्रुलाई लक्षित गरी विभिन्न कम्पनी र समितिहरुले अग्रिम टिकट खुला गरेका हुन् । टिकट बुकिङ गर्न काउन्टरहरुमा बिहानै बाट यात्रुको भिड लागेको छ । लामो दूरीको यात्राका लागि आजबाट टिकट बुकिङ खुला भए पनि नजिकका जिल्लाका लागि भने केही दिनपछि बुकिङ खुल्ने महासचीव सिटौलाले बताउनु भयोे ।

दसैंको बेलामा एकैचोटी धेरै यात्रु उपत्यका बाहिर जाने भएकाले यात्रुको सहजताका लागि हरेक वर्ष अग्रिम टिकट बुकिङ खोल्ने गरिएको र यात्रुको सहजताका लागि यात्रु सहायता कक्ष पनि सञ्चालनमा आएको छ । सहायता कक्षले यात्रुलाई पर्ने समस्यामा सहजीकरणको काम गर्ने यातायात व्यवस्था बिभागले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  ७ : ३० बजे