४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘न्याय नपाए मानवअधिकार आयोगको ढोकामा मर्न तयार’


५ आश्विन २०७६, आइतबार  

0
Shares

बेल्दै मृतककी आमा दुर्गादेवी पौडेल ।

५ असोज ०७६, काठमाडौं । गतअसार ५ गते सर्लाही लालबन्दी नगरपालिका–१ का कुमार पौडेलको हत्या गरिएको घट्नालाई लिएर मृतककी आमा दुर्गादेवी पौडेलले रुदैँ उनले न्याय नपाए आफू राष्ट्रिय मानव अधिकार आयोगको ढोकामा गएर मर्न तयार भएको बताएकी छिन् ।
उनले रुँदै भनिन्–‘१५ बर्षको नातीले बाबाको हत्यारा पत्ता नलगाए कलम समाउने हातले बन्दुक समाउने छ भन्छ, न्यायका लागि मिडियाकर्मी संघसस्थालाई समेत सहयोग गरिदिन आग्रह गर्छु ।’
उनको परिवारले दोषीलाई कारवाहीको माग गदै हत्याको सत्य, तथ्य छानविन गर्न सरकारसँग माग गरेको छ । सही छानविन नभए आफूहरु कडा रुपमा प्रस्तुन हुने पीडित परिवारले चेतावनी दिएको छ ।
आइतवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पीडित परिवरले यस्तो माग गरेको हो । मृतकका भाई हरिकृष्ण पौडेलले आफ्नो दाईको हत्या भएको तीन महिना बितिसक्दापनि राष्ट्रिय मानव अधिकार आयोगले घट्नाको सत्य, तथ्य पत्ता लगाई प्रतिवेदन सार्वजनिक नगरेकोमा गुनासो पोखे ।
उनले आफ्ना दाई कुमारले सागरनाथ वन विकास परियोजनामा बसेका सुकुम्वासीको हितमा आवाज उठाउँदा र पेट्रोल पम्पको लागि सरकारले खरिद गरेको जग्गामा भएको घोटालाको विषयलाई जोडदार रुपमा उठाउँदा सरकारले निशाना बनाएको आरोप लगाए । उनले सरकारले १८ देखि १९ करोडको जग्गा घोटला गरेको र सुकुम्बासीको जग्गामा कम्यसनिष्ट पार्टीहरु मिलेर २१ करोडको जग्गा अतिक्रमण गरी कब्जा गरेको सुनाए ।
कार्यक्रममा मृतककी श्रीमती कला पौडेलले सरकारले श्रीमान्को हत्यालाई दोहोरो भीडन्त भनेपनि त्यो दोहोरो भिडन्त नभएर गैरन्यायिक हत्या भएको दाबी गरिन् । उनले आफ्नो श्रीमानलाई ‘इन्काउन्टर’ मा नभएर कुटपिट तथा शरीर थिलथिलो बनाएर नियन्त्रित बनाई हत्या गरेको बताईन् ।
उनले राष्ट्रिय मानवअधिकार आयोग, गृह मन्त्रालय, सरकारलाई सत्य, तथ्य छानविनका लागि आग्रह गरिन् ।
कार्यक्रममा बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सरकारले लोकतन्त्र र गणतन्त्रको व्यवस्था गरेपनि संविधानलाई ध्वस्त पारेको आरोप लगाए । उनले सरकारले नागरिकको हत्या गदै गएको गम्भिर आरोप लगाए ।
मानवअधिकारकर्मी चरण प्रसाईले कुमार पौडेललाई कब्जामा लिएर हत्या गरेको बताए । उनले यो हत्या घट्नामा संलग्न दोषीलाई अनुशन्धानबाट पत्ता लगाउने र कानूनको कठघरामा ल्याउनुपर्ने बताए ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार  १० : ३३ बजे