११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मकवानपुरमा गाँजा तस्कर पक्रन प्रहरीले चलायो गोली


७ आश्विन २०७६, मंगलबार  

0
Shares

७ असोज ०७६,ललितपुर। प्रहरीले एक गाँजा तस्करलाई गोली हानी पक्राउ गरेको छ । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशवाहा नेतृत्वको टोलीले चालक अफ्रिका चौधरीलाई नियन्त्रणमा लिने क्रममा उनको खुट्टामा दुई राउन्ड गोली प्रहार गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज यहाँ पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराउँदै पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका–२९ का चौधरीलाई नियन्त्रणमा लिइएको जनाइएको छ । हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना६ख १३१ नं को ट्रकमा सुरक्षा जाँच गर्ने क्रममा ट्रकका चालक चौधरीले प्रहरी जवानसहित ट्रक भगाएका थिए ।

चालक चौधरी र ट्रकमा रहेका अर्का एक व्यक्तिले चुरियामाई नयाँ बस्तीमा ट्रक रोकी प्रहरी जवानलाई लछारपछार गर्दै जङ्गलतर्फ लैजाने प्रयास गर्दा पिछा गर्दै आएका प्रहरीले गोली प्रहार गरी चौधरीलाई नियन्त्रणमा लिएको थियो ।

घटनामा दुईजना प्रहरीसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले प्रहरीले जानकारी दिनुभयो । प्रहरीले ट्रकको क्याबिनबाट १४ पोकामा रहेको ७८ किलो ८०० ग्राम लागुऔषध गाँजा बरामद गरेको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  १० : २१ बजे