५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल


७ आश्विन २०७६, मंगलबार  

0
Shares

एकादशी – द्वादशी श्राद्ध/ इन्दिरा एकादशी व्रत

पञ्चाङ्ग
वि.सं. २०७६ असोज ८ गतेबुधबार। इ.स. २०१९ सेप्टेम्बर २५। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११३९ ञलगा। आश्विन कृष्णपक्ष। एकादशी, ९:४५ उप्रान्त द्वादशी। नक्षत्र– अश्लेषा, २८:१६ बजेउप्रान्त मघा। योग– शिव, १०:३६ बजेउप्रान्त सिद्ध। करण– वालव, ९:४५ बजेदेखि कौलव, २०:४१ बजेउप्रान्त तैतिल। आनन्दादिमा राक्षस योग। चन्द्रराशि– कर्कट, २८:१६ बजेउप्रान्त सिंह। काठमाडौंमा सूर्योदय– ५:५४ बजे, सूर्यास्त– १७:५६ बजे र दिनमान ३० घडी ५ पला। इन्दिरा एकादशी व्रत। द्वादशी श्राद्ध। फर्पिङमा हरि-शंकरयात्रा।

मेष– सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । नयाँ काममा हात हाल्ने समय आएको छ । पढाइमा पनि प्रगती हुने दिन रहेको छ ।
वृष– रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । परिवारिक भेटघाटले मनमा आनन्द मिल्नेछ । दिन सामान्य नै रहेको छ ।
मिथुन– विशेष अवसर प्राप्त भए पनि ईर्ष्या गर्नेहरूले दुःख दिनेछन् । आफ्नाबाटै धोका पाइनेछ । अनायसै खर्च पनि हुन सक्छ ।
कर्कट– आज ठूला ब्यक्तीहरुबाट मानसम्मान प्राप्त होला, र मिष्ठान्न भोजन पनि प्राप्त हुने दिन रहेको छ ।
सिंह– विगतका कमजोरी सच्याउने मौका मिल्नेछ । विशिष्ट व्यक्तित्वको सहयोगले विशेष अवसर पाइनेछ । धनलाभ पनि होला
कन्या– उठ्नुपर्ने रकम हातलागी नहुँदा आर्थिक अभावले सताउन सक्छ । अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले सताउन सक्छ ।
तुला– सोचेको काम समयमा नबन्नाले दुःख पाइनेछ । भोजभतेरको निम्तो आए पनि नियमित कामकै चिन्ताले सताउन सक्छ ।
वृश्चिक– उपहारका नाउँमा काम नलाग्ने वस्तुमात्र हातलागी हुन सक्छ । मेहनत गर्दा अवसर भने पाइनेछ । सत्कार्यमा जुट्नाले फाइदै होला ।
धनु– नयाँ काममा हात हाल्ने समय आएको छ । मान र विद्या प्राप्त हुने समय छ । टाढाको यात्रा पनि हुन सक्छ ।
मकर– तपाइको आज खर्च लागे पनि चिताएको काम बन्नेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ ।
कुम्भ– अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । अस्वस्थताका बीच कामको बोझ बढ्नेछ ।
मीन– विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ११ : ४० बजे