५ असार २०८१, मंगलबार | Tue Jun 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पेस्तोल र ६ राउन्ड गोलीसहित चार पक्राउ


८ आश्विन २०७६, बुधबार  

0
Shares

८ असोज ०७६,ललितपुर । काठमाडौंको एयरपोर्ट क्षेत्रबाट पेस्तोल र ६ राउन्ड गोलीसहित चार जनालाई पक्राउ गरिएकोप्रहरी स्रोतले बताएको छ ।
आज बिहान काठमाण्डौ महानगरपालिका–९ शम्भुमार्ग स्थित एभरेष्ट होलीडे ईन होटलको ४०४ नम्बर रूमबाट बालुवाटार बस्ने उदयपुर कटारीका भिम सुर्खेती, लाजिम्पाट बस्ने सिन्धुलीका भिम बहादुर माझी, बल्खु बस्ने सिन्धुलिकै प्रदिप माझी र सितापाईला बस्ने लोकेन्द्र बहादुर आलेलाई पक्राउ गरी उनिहरुको साथबाट प्रहरीले एउटा पेस्तोल र त्यसमा लाग्ने ६ राउण्ड गोलीसहित म्यागजिन बरामद गरेको छ । उनीहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  ७ : ५० बजे