१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काठमाडौं केएमसी अस्पतालमा एक महिलाले जन्माइन ४ सन्तान


८ आश्विन २०७६, बुधबार  

0
Shares

८ असोज ०७६, ललितपुर । काठमाडौं । एक महिलाले एकैपटक चार शिशुलाई जन्म दिएकी छन् । २७ वर्षीया खगित्रा शाहीले बुधबार काठमाडौं मेडिकल कलेजमा चारजना शिशुहरूलाई जन्म दिएकी हुन् ।

आठ महिनाको गर्भपछि शल्यक्रियामार्फत जन्माइएका ती शिशुहरुमा तीनजना छोरा र एक जना छोरी छन् । तीनजना शिशुहरुको स्वास्थ्य अवस्था सामान्य रहेको तर एक जनाको अवस्था भने अस्थिर रहेको केएमसीले जनाएको छ ।

ती शिशुहरु ३४ हप्ता पुगेपछि जन्मिएका कारण श्वासप्रश्वासमा कठिनाई हुनसक्ने भन्दै अस्पतालले केही दिन विशेष स्वास्थ्य निगरानीमा राख्नुपर्ने जनाएको छ । जन्मिएका शिशुमध्ये सबैभन्दा कम एकजनाको तौल ९५० ग्राम र बाँकी तीन जनाको क्रमशः १।४ केजी, १।५ केजी र १।६ केजी छ ।

सामान्यतः नवजात शिशु जन्मिँदा साढे दुई किलो तौल हुनुपर्ने हुन्छ । ३४ हप्ता पूरा भएपछि फोक्सो पूर्ण रुपमा विकास हुनेगर्छ । तर यसरी जन्मिएका शिशुमा फोक्सोको विकास हुने काम केही छिटो हुन सक्छ । किनकी ती शिशुहरुले गर्भमै तनावपूर्ण अवस्था बेहोरेर हुर्नने हुँदा तिनको शारीरिक विकासमा परिपक्कता छिट्टै देखिने सम्भावना हुने चिकित्सकहरुको भनाइ छ ।

चारवटा बच्चा गर्भमा रहेको भन्ने पहिले नै थाहा भएपछि झण्डै एक महिनाअघि खगित्रालाई काठमाडौं ल्याइएको श्रीमान पदम बहादुर शाहीले जानकारी दिए । उनलाई गाह्रो हुन थालेको थियो । तर चिकित्सकहरू भने शिशुका शरीरका अङ्गहरूको विकासका लागि भन्दै कम्तीमा ३४ साता पुर्याउन जोड दिइरहेका थिए। ३४ औं साता पुगेको दिन शल्यक्रिया गरिएको पदम बहादुरले बताए ।

केएमसी अस्पतालकी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा। चन्दा कार्कीले यो घटनालाई दुर्लभ मानेकी छन् । टेस्टट्युब बेबीुका रूपमा जन्माइने सन्तानमा एकभन्दा बढि बच्चाहरू गर्भमा रहन सक्ने भए पनि सामान्य तरिकाबाटै बस्ने गर्भमा यस्तो हुनु निकै दुर्लभ भएको बताएका छनु। ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  १० : २१ बजे