५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल


९ आश्विन २०७६, बिहिबार  

0
Shares

आश्विन ९, २०७६ – 26 September, 2019, बिहिवार
द्वादशी – त्रयोदशी श्राद्ध/ कलियुगादि/ प्रदोष व्रत/ मघा श्राद्ध
बिहिवार प्रदोष व्रत बसेमा शत्रु नाश हुनेछन यसरी शास्त्रले बताएको छ ।

पञ्चाङ्ग
वि.सं. २०७६ असोज ९। बिहीबार। इ.स. २०१९ सेप्टेम्बर २६। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११३९ ञलगा। आश्विन कृष्णपक्ष। द्वादशी, ७:३३ बजेदेखि त्रयोदशी, २९:१३ उप्रान्त चतुर्दशी। नक्षत्र– मघा, २६:४१ बजेउप्रान्त पूर्वफाल्गुनी। योग– सिद्ध, ७:४२ बजेदेखि साध्य, २८:४० बजेउप्रान्त शुभ। करण– तैतिल, ७:३३ बजेदेखि गर, १८:२४ बजेपछि वणिज, २९:१३ बजेउप्रान्त भद्रा। आनन्दादिमा मुसल योग। चन्द्रराशि– सिंह। काठमाडौंमा सूर्योदय– ५:५४ बजे, सूर्यास्त– १७:५५ बजे र दिनमान ३० घडी १ पला। प्रदोष व्रत। त्रयोदशी श्राद्ध। मघा श्राद्ध। कलियुगादि।

मेष :– आज तपाइलाई विशेष पदमा बसेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुन सक्छ, खानपानमा पनि एकदमै सजक रहनु होला ।
वृष :– लुगा, भोजन र विशेष उपहार हातलागी हुनेछन् । भोगविलासमा मन रमाउनेछ । कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा हुने दिन छ ।
मिथुन :– विपरीत लिंगीहरूको माध्यमबाट बढी लाभ होला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ ।
कर्कट :– आज धनमाल हराउने, चोरिने वा ठगीमा परिने ग्रहयोग छ । अलि दृष्टिभ्रममा परिएला । आँखाको समस्याले पनि सताउन सक्छ ।
सिंह :– आम्दानी भन्दा बढी खर्च गर्नुपर्ने समय छ । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला ।
कन्या :– परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्न सक्छ, तर पनि ब्यापारबाट भने फाईदै हुने दिन रहेको छ ।
तुला :– यात्रा र सवारी साधन उपयोग गर्दा पनि अलि सावधानी अपनाउनुपर्ने समय छ । पढाइ आज खासै राम्रो छैन ।
वृश्चिक :– ज्वरो, टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउने देखिन्छ । जिम्मेवारीका काम समयमा सम्पादन गर्न नसकिएला ।
धनु :– आफ्ना कमजोरीप्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्लान् । हातबाट अवसर गुम्न सक्छ । ध्यान दिएर काम गर्नु होला ।
मकर :– आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्नेछ । कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ ।
कुम्भ :– आज साथीभाइहरुबाट फाइदा उठाउन सकिएला । उच्च महत्वाकांक्षाले गर्दा सोचेको काम पूर्ण रुपमा सम्पादन हुनेछन ।
मीन :– खर्च बढ्ने र आर्थिक अभावले सताउने योग छ । तर पनि विपरीत लिंगी वा केही हितैसी मित्रहरूले साथ दिनेछन् ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहिबार  ६ : २३ बजे