५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


२०७६ असोज १० गतेको राशिफल


१० आश्विन २०७६, शुक्रबार  

0
Shares

पञ्चाङ्ग
वि.सं. २०७६ असोज १०। शुक्रबार। इ.स. २०१९ सेप्टेम्बर २७। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११३९ ञलगा। आश्विन कृष्णपक्ष। चतुर्दशी, २६:४७ उप्रान्त औंसी। नक्षत्र– पूर्वफाल्गुनी, २५:०१ बजेउप्रान्त उत्तरफाल्गुनी। योग– शुभ, २५:३४ बजेउप्रान्त शुक्ल। करण– भद्रा, १६:०० बजेदेखि शकुनि, २६:४७ बजेउप्रान्त चतुष्पद। आनन्दादिमा सिद्धि योग। चन्द्रराशि– सिंह। काठमाडौंमा सूर्योदय– ५:५५ बजे, सूर्यास्त– १७:५३ बजे र दिनमान २९ घडी ७ पला। शस्त्र-अस्त्र आदिबाट मरेकाको चतुर्दशी श्राद्ध। नलाश्वनेचह्रे पूजा। जुम्ला खलङ्गामा चन्दननाथको लिङ्गो उत्थान। पर्यटन दिवस। कृष्ण प्रणामी– प्राणनाथजीको जन्मोत्सव।

मेष :– आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्छ । खराब व्यक्तित्वको संगतले मान–सम्मानमा चोट पुग्ने सम्भावना छ ।
वृष :– व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ ।
मिथुन :– भूमिबाट प्रशस्त फाइदा मिल्नेछ । साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन् ।
कर्कट :– अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । आमाको स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति पनि चिन्ता बढ्न सक्छ ।
सिंह :– दाजुभाइ तथा दिदिबहिनीमा केही असमझदारी बढ्ने सम्भावना छ । समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपर्ला ।
कन्या :– कुनै नयाँ काम प्रारम्भ हुन सक्छ। आर्थिक समस्या पनि समाधान हुनेछ । शत्रुहरूलाई परास्त गर्न सकिनेछ ।
तुला :– विभिन्न अवसरले पछ्याउनेछन् । मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट पनि केही समयलाई मुक्ति मिल्नेछ ।
वृश्चिक :– घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । तापनि, प्रतिष्ठित व्यक्तितवसँग मित्रता बढ्नेछ । स्वास्थ्यमा समस्या पनि आउन सक्छ ।
धनु :– घर खर्च बढ्नुका साथै व्यापारमा मन्दी आउने देखिन्छ, तर लामो समयदेखि रोकिएका काम भने सम्पादन गर्न सकिने दिन छ ।
मकर :– प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । पराक्रम बढ्नेछ भने प्रशस्त धन लाभ पनि हुन सक्छ ।
कुम्भ :– बहुमूल्य धातु संग्रह गरिएला । सामाजिक प्रतिष्ठा पाइनेछ । शत्रु परास्त हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने समय छ ।
मीन :– राजनीतिक पहुँच बढ्नेछ । तर पनि भूमिलगायत स्थायी सम्पत्तिको विषयमा भने केही विवाद निस्कन सक्छ, सावधान रहनु होला ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ६ : ३५ बजे