८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


सञ्चारकर्मी रविको ‘निष्ठुरी’ नयाँ गीत सार्वजनिक


१० आश्विन २०७६, शुक्रबार  

0
Shares

१०असोज ०७६ काठमाण्डौं। गायक शिव परियारको आवाज तथा सञ्चारकर्मी रवि अधिकारीको शब्द रहेको ‘निष्ठुरी’ बोलको नयाँ गीत आजएक कार्यक्रम गरी सार्वजनिक गरिएको छ ।

शशान कँडेलले निर्देशन गरेको माया, प्रेम र धोकाको कथा बोकेको उक्त गीत आज नमस्ते फिल्मीको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा चोखो प्रेमको अर्थ नबुझेकी एक युवती धनको पछि लाग्दा बिछोडिएको कथा समेटिएको अहिलेको समाज सुहाउँदो रहेको रचनाकार रवि अधिकारीले बताउनुभयो ।

गीतमा उत्सव र स्नेहा प्रेमी प्रेमिकाको भूमिकामा देखिएका छन् । स्नेहाको भेट सफल उद्योगपति जनकसँग हुन्छ र उनले उत्सवलाई छोड्छिन् । एक सामान्य युवा उत्सव कालान्तरमा नेपालको सुपरस्टार गायक बन्छ । उता स्नेहाले धनको पछि लाग्दा धोका पाएर पुनः उत्सवको जीवनमा फर्किन खोज्छिन् । तर उत्सवले अस्वीकार गरिदिन्छन् ।

दीपक शर्माले सङ्गीत दिनुभएको उक्त गीतमा रिदम कँडेलले सङ्गीत संयोजन गर्नुभएको छ । गीतको भिडियोमा स्नेहा पौडेल, उत्सव अधिकारी, जनक थपलिया र सुशान्तकुमार श्रेष्ठको अभिनय छ । हेर्नुहोस भिडियो

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ७ : ३० बजे