५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


२०७६असाेज ११ गतेकाे राशिफल


११ आश्विन २०७६, शनिबार  

0
Shares

आश्विन ११, २०७६ – 28 September, 2019, शनिवार
औंसी – औंसी श्राद्ध/ पितृ विसर्जन/ दर्शश्राद्ध/ हलो बार्ने/ निशि बार्ने/ रेबिजविरुद्ध दिवस

पञ्चाङ्ग
वि.सं. २०७६ असोज ११। शनिबार। इ.स. २०१९ सेप्टेम्बर २८। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११३९ ञलगा। आश्विन कृष्णपक्ष। औंसी, २४:२२ उप्रान्त प्रतिपदा। नक्षत्र– उत्तरफाल्गुनी, २३:३१ बजेउप्रान्त हस्त। योग– शुक्ल, २२:२८ बजेउप्रान्त ब्रह्म। करण– चतुष्पद, १३:३४ बजेदेखि नाग, २४:२२ बजेउप्रान्त किंस्तुघ्न। आनन्दादिमा उत्पात योग। चन्द्रराशि– सिंह, ६:३६ बजेउप्रान्त कन्या। काठमाडौंमा सूर्योदय– ५:५५ बजे, सूर्यास्त– १७:५२ बजे र दिनमान २९ घडी ३ पला। दर्श-श्राद्ध। औंसी श्राद्ध। पितृ विसर्जन, सोह्रश्राद्ध समाप्ति। हलो तथा निशि बार्ने औंसी।

मेष– मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । तर परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनु होला ।
वृष– काममा आफन्तको सहयोग जुट्न सक्छ । ढाड वा जोर्नीको समस्याले सताउन सक्छ । आम्दानी बढ्नाले उत्साह थपिनेछ ।
मिथुन– सुखद समाचारले काममा उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । आत्मीय जनसँग भेटघाट हुनेछ ।
कर्कट– प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यापार–व्यवसायमा राम्रै फाइदा हुनेछ । इष्टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त होला ।
सिंह– पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना छ । शिर तथा पेटको समस्याले सताउन सक्छ । चिताएको काममा ढिलासुस्ती हुनेछ ।
कन्या– जीवनसाथीलाई केही पीडा हुने ग्रहयोग छ । स्वास्थ्यबाधा र रोगको पहिचान हुन कठिन हुने समस्या देखिन्छ ।
तुला– लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । नयाँ उद्योग वा विशेष काम सुरु गर्ने मौका छ । राजनीतिक पहुँच बढ्नेछ ।
वृश्चिक– पठनपाठनमा राम्रो उन्नति हुनेछ । सन्तान वा अनुयायीले पनि प्रसन्नता दिलाउनेछन् । टाढाको यात्राको सम्भावना पनि रहेको छ ।
धनु– घरखर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ ।
मकर– आर्थिक समस्या समाधान हुनेछ । पारिवारिक सम्बन्ध अलि कमजोर बन्न सक्छ । आफन्तबाट टाढिनुपर्ने समय छ ।
कुम्भ– स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ ।
मीन– आज रोकिएका काम बनी, नयाँ काम सुरु हुनेछन् । व्यापारमा पनि फाइदा हुनेछ । दिन सामान्य नै छ ।

 

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ६ : ३६ बजे