१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


पाटन संग्रालयमा मिचेलको फोटो प्रर्दशनी


११ आश्विन २०७६, शनिबार  

0
Shares

प्रर्दशनीका तस्विर हेर्दै आगन्तुक । तस्विरहरु ः ललितपुर खबर

लपु संवाददाता
११ असोज ०७६, पाटन । पाटन दरवारस्क्वायरस्थित पाटन संग्रालयमा फ्रान्सेली फोटोग्राफर मिचेल मिको एकल फोटो प्रर्दशनी शुरु भएको छ । १५ बर्षदेखि मिचेलले खिचेका विभिन्न १०८ वटा तस्विर संग्रालयको ग्लायरीमा झुण्याइएको छ । मिचेलले ३२ हजार तस्बिाट ती उत्कृष्ट तस्विर छानेका हुन् ।
प्रर्दशनीमा हिमाल पहाड तराईदेखि नेपाली जनजीवन रहनसहन भेषभूसा समेटिएको देख्न सकिन्छ । प्रर्दशनी घुम्ने एक अवलोकनकर्ताले तस्विर हेरेपछि पुरै नेपाल घुमेको अनुभव भएको ललितपुर खबरलाई प्रतिकृया दिए ।

प्रर्दशनी २५ अक्टोबरसम्म चल्नेछ । यहाँ तस्विर हेर्न कुनै शुलक लाग्दैन । कन परेको तस्विर बुक गर्न सकिने आयोजक योङ्ग पिकासोका आयुक्त अजय देसारले बताए ।
मिचेल हिमाल आरोहणका क्रममा २००५ मा पहिलोपल्ट नेपाल आएका थिए । उनी हिमाल मन पाराउने फोटोग्राफर भएको मिचेलले प्रतिकृया दिए । नेपालीहरुले तस्विरहरु संकलन गरिरहेको नदेखेपछि पछिल्लो पुस्ताका लागि खस्तावेज होस भनेर तस्विर प्रर्दशनी गरेको बताए ।


मिचेल प्राविधिक इन्जिनियर पनि हुन् । उनीले २८ जना वालवालिकाहरको पढाईमा सहयोग गरिरहेका छन् । साथै गन्दर्भहरुले बजाउने सारंगीको बजा संकलन गरिरहेका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  ८ : ५५ बजे