महेश सिंह
११ असोज ०७६, लहान सिरहा । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले सिरहा जिल्ला संयोजकमा धनपैत यादवलाई माटोको टिका लगाई संयोजकमा चयन गरेका छन् ।
जिल्ला संयोजक घोषणा तथा नागरिक संवोधन कार्यक्रमलाई गोलबजारमा सम्बोधन गर्दै संयोजक मिश्रले आफ्नो पाटी प्राविधिक रुपमा पाँचौ स्थानमा भएपनि राजनीतिक रुपमा तेस्रो स्थानमा भएको बताए ।
उनले भने,‘न त पार्टीको आफनै कार्यालय थियो । न त संगठन नै निर्माण भएको थियो ।’ संयोजक मिश्रले भने– ‘यस्तो अवस्थामा तीन वटा निर्वाचनमा पुराना पार्टीलाई पछि पार्दै हाम्रो पार्टी पाँचौ स्थानमा आयो । यो जनताको ठूलो साथ हो ।’
गुणस्तरहीन स्कुलबाट उत्पादन भएका ती बालबालिकाले कसरी मधेशलाई कसरी उकासन सकिन्छ त्यसलाई मध्य नजर गर्दे मधेशका मसिहा भनेर चिनिने मसिहाहरुले जनताको भावना बुझन नसकेको बरु त्यो भन्दा बढी हामीले बुझेको उनले बताए । जनताको भावना बुझनको लागी मधेशमा ५ सय बुढानिलकण्ठ शैलिको विधालय स्थापना गर्न आवश्यक रहेको उनको भनाई थियो ।
संयोजक मिश्रले भातृ संगठनका रुपमा युवा, महिला र जेष्ठ नागरिक संगठन निर्माण गर्ने बताए । अन्य राजनीतिक पार्टी जस्तो, शिक्षक, वकील, इन्जिनियर, पत्रकार, डाक्टर, कर्मचारी लगाएतका संगठन नखोल्ने बताए ।
धेरै लामो त्याग बलिदानी पछि देशमा आएको संघियता, धर्मनिरीपेक्षता र गणतन्त्रको तत्काल उपलब्धी खोज्ने बेला नभएको भन्दै कार्यान्वयनको चरणमा भएकाले संस्थागत हुन अझै केहि समय लाग्ने संयोजक मिश्रले बताए ।
प्रतिक्रिया