५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


२०७६ असाेज १२ गतेकाे राशिफल


१२ आश्विन २०७६, आइतबार  

0
Shares

आश्विन १२, २०७६ – 29 September, 2019, आइतवार
प्रतिपदा – घटस्थापना/ नलास्वने-चह्रे पूजा/ मातामह श्राद्ध/ विश्व मुटु दिवस

पञ्चाङ्ग
वि.सं. २०७६ असोज १२। आइतबार। इ.स. २०१९ सेप्टेम्बर २९। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११३९ कौलाथ्व। आश्विन शुक्लपक्ष। प्रतिपदा, २२:०३ उप्रान्त द्वितीया। नक्षत्र– हस्त, २१:४७ बजेउप्रान्त चित्रा। योग– ब्रह्म, १९:२६ बजेउप्रान्त ऐन्द्र। करण– किंस्तुघ्न, ११:१२ बजेदेखि वव, २२:०३ बजेउप्रान्त वालव। आनन्दादिमा मानस योग। चन्द्रराशि– कन्या। काठमाडौंमा सूर्योदय– ५:५५ बजे, सूर्यास्त– १७:५१ बजे र दिनमान २९ घडी ९ पला। घटस्थापना। शारदीय नवरात्रि आरम्भ। मातामह श्राद्ध। नलास्वने। घटस्थापनापूर्वक जमरा राख्ने साइत। द्विपुष्कर योग २२:०३ बजेपछि।

मेष– अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइनेछ । धार्मिक काममा बाधा सृजना हुन सक्छ सजक रहनुहोला ।
वृष– राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुन सक्छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ । मंगलमय काम सम्पादन हुनेछ ।
मिथुन– परिवारजनको सहयोगले उत्साह बढाउनेछ । स्वास्थ्यका लागि भारी खानपानमा सजग रहनुहोला ।
कर्कट– अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई फाइदाको दिन रहेको छ । टाढाको यात्राबाट धनलाभ हुन सक्छ ।
सिंह– सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला । दण्ड–जरिवानाको पनि सम्भावना छ ।
कन्या– व्यापार–व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ ।
तुला– आज ब्यापारबाट प्रशस्त धनलाभ हुनेछ । भौतिक साधनहरू जुट्नेछन् । कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ ।
वृश्चिक– रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला,तर घर–जग्गा तथा बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ ।
धनु– काममा बाधा हुन सक्छ । प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । साथै पुरानो रोगले पुनः दुःख दिन सक्छ ।
मकर– चोटपटक वा हाड–जोर्नीमा समस्या आउने देखिएकाले सवारीसाधन वा हातहतियार उपयोग गर्दा सावधानी अपनाउनुहोला ।
कुम्भ– खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ ।
मीन– समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ । मान–सम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत रहनुहोला ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ६ : ३६ बजे