४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


आजदेखि दशैं शुरु, घरघरमा जमरा राखिँदै


१२ आश्विन २०७६, आइतबार  

0
Shares

१२ असाेज ०७६,ललितपुर, । बडादशैंको पहिलो दिन आज आइतबार घरघरमा जमरा राखिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदामा घरघरमा जमरा राखेसँगै दशैं शुरू हुने गर्दछ।

देवीलाई जौको जमरा मनपर्ने भएकाले घटस्थापनाको दिन विधिपूर्वक जौ, गहुँ तथा मकैलाई माटोमा छरिन्छ र टीकाको साइतमा जमरालाई फूलका रूपमा प्रयोग गर्ने चलन छ।

जमरालाई समृद्धिको प्रतीक मानिन्छ। त्यसैले टीकाको दिन आफूभन्दा मान्यजनको हातबाट टीका ग्रहण गर्दा पहेंलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो प्रयोग गरिन्छ।

घटस्थापनाको पहिलो दिन नदी खोला, बगर अथवा आफूलाई पायक पर्ने स्थानबाट बालुवा या माटो ल्याई जमरा राखिन्छ। जमरा राख्नुपूर्व पूजाकोठाको सरसफाइ तथा गाईको गोबरबाट लिपपोत गर्ने प्रचलन छ।

घटस्थापनाको साइत आज आइतबार बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ।२१ गते मंगलबार टीकाको साइत पनि १० बजेर ३५ जाँदा उत्तम रहेको समितिले जनाएको छ।

घटस्थापनाको उपलक्ष्यमा काठमाडौंको हनुमानढोका दरबारमा रहेको दशैंघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली, महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरूमा नवरात्रीको पूजा आरम्भ हुन्छ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ७ : ५१ बजे