१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गाउँपालिका अध्यक्षलाई कारबाहीको माग गर्दै वडाअध्यक्षहरु काठमाडौं आएपछि


१२ आश्विन २०७६, आइतबार  

0
Shares

पत्रकार सम्मेलनमा वडाध्यक्षहरु ।

१२ असोज ०७६, काठमाडौं । सर्लाही विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादवले मनोमानी ढंगले काम गरेको र आफूहरुसँग कुनै सरसल्लाह र सहमति नलिएको भन्दै गाउँपालिकाका ८ वडामध्ये ५ वडा अध्यक्षहरुले अध्यक्ष यादवलाई कारबाहीको माग गरेका छन् ।
आइतबार रिपोर्टर्स क्लब नेपालमा वडा नम्बर ३, ४, ५, ६ र ७ का अध्यक्षहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै गाउँपालिकाका अध्यक्ष यादवको कार्यशैलीको विरोध गरेका हुन् । गाउँपालिकाका अध्यक्ष यादवले अहिलेसम्म कुनै आर्थिक पारदर्शीता नअपनाएको उनीहरुको गम्भिर आरोप छ ।
कार्यक्रममा बोल्दै वडा नम्बर ५ का अध्यक्ष श्यामबाबु रायले गाउँपालिकाका अध्यक्ष यादवले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सबै वडाबाट डाटा संकलन गरेको तर अहिलेसम्म सोहीअनुसार पैसा नदिएको टिप्पणी गरे । उनले भने,‘उहाँले अनियमित तवरले बैठक बोलाउँदै आउनुभएको छ । यो आर्थिक वर्षको वडास्तरको योजना अहिलेसम्म हामीलाई दिनुभएको छैन् । योजना छनौटको जानकारी पनि अहिलेसम्म हामी पाँच जना वडा अध्यक्षलाई दिनुभएको छैन् । उहाँले एकल ढंगले मनोमानी रुपमा चलाउनुभएको छ ।’ गाउँपालिका अध्यक्षले विधि, विधान र नियम र कानूनलाई कुल्चिएको उनको आरोप छ ।
उनले गाउँपालिकास्तरीय योजना पनि गाउँपालिका अध्यक्ष यादवले आफ्ना आसेपासेलाई दिने र भुक्तानी गराउने गरेको पनि आरोप लगाए । ‘योजना सही तवरले नबनाउँदा बनाईएका भौतिक संरचनाहरु एक वर्षपनि नबित्दै भत्किएका छन् ।’–उनले गुनासो पोखे । उनकाअनुसार वडा नम्बर ६ (जुन गाउँपालिका अध्यक्षको आफ्नो गाउँपनि हो) मा नाला भत्किएको छ । उनले भने,‘त्यतिमात्रै होईन, धर्मशालाको बाउण्डरीको वालपनि भत्किएर नष्ट भएको छ।’
गाउँपालिका अध्यक्ष जवाहरलाल यादव, कार्यकारी अधिकृत अशोक कुमार साह र सहलेखापाल सुशिल कुमार यादव तीनै जना मिलेर आर्थिक हिनामिना गरिरहेको पनि यादवले आरोप लगाए । उनले आफू शिक्षा समितिको सदस्य पनि रहेको सुनाउँदै भने,‘शिक्षक भर्ना प्रक्रियामा पनि हामीलाई केही जानकारी गराईएको छैन् । शिक्षकहरु बहाली भएका छन् । पहिलेका शिक्षकहरुको मनपर्दी सुरुवा गरी अन्यौलमा पारिएको छ । उनीहरुले पूनरावेदन अदालतमा मुद्दा हालेका छन् । आर्थिक रुपमा अपरादर्शीता अपनाईयो । सुनुवाई हुनुपर्यो ।’

गाउँपालिका अध्यक्षले उपभोक्ता समितिको सिफारिशबिनानै वडास्तरीय योजनाका रकम भुक्तानी गरेको, कानून बमोजिम जनप्रतिनिधिलाई सेवा÷सुविधा नदिएको, कार्यपालिकाको बैठकबारे जानकारी नगराएको, राहतलगायत वितरण गरिने विभिन्न लाभावन्तित योजनाहरुको बारेमा वडामा जानकारी नगराई आफ्ना मान्छेलाई वितरण गर्ने गरेको, नियमानुसार अधिकार प्रत्यायोजन नगरेको, शिक्षकको नियुक्ती प्रक्रियामा अनियमितता गरेको लगायतका आरोपहरु पाँचै जना वडा अध्यक्षहरुले लगाएका छन् ।
त्यस्तै, कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष गोविन्द महतो गाउपालिका अध्यक्ष यादवले शिक्षा र स्वास्थ्यको स्तर कटौती गरेको आरोप लगाए । उनले भने,‘गाउँपालिकाका अध्यक्ष यादवले सबै अधिकार आफूमा केन्द्रित गरेका छन् । उनले ८० प्रतिशत गाउपालिका परियोजना आफैं चलाएका छन् । अहिले कुनैपनि वडामा विकास भएको छैन् । पहिलेको भन्दा अहिले विकास तरल छ ।’
कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष रामप्रवेश साह (तेली) ले वडा समितिमा वडास्तरीय धेरै योजनामा बिना वडा अध्यक्षको सिफारिशले अध्यक्षले टिप्प्णी सदर गरि रकम भुक्तानी गरिरहेको बताए । उनले भने,‘अहिलेसम्म कानूनले दिएको जनप्रतिनिधिको सुविधा उपलब्ध गराउनुभएको छैन् । गाउँपािलकामा राहत सामाग्री खरिद र वितरण गर्दा हामी वडा अध्यक्षलाई कुनै जानकारी नदिई राहत वितरण गरिरहनुभएको छ। कुनैपनि राहत सामाग्री अहिलेसम्म वडामा उपलब्ध गराउनुभएको छैन् ।’
आफ्नो मान्छे बोलाएर राति राहत सामाग्री वितरण गर्ने गरेको उनको टिप्पणी छ । उनले भने,‘यो उहाँको प्रवृत्ति हो । गाउपालिकाको चुनावपछि डोजर, एम्बुलेन्स र अध्यक्षले चढ्ने गाडी खरिद भएको छ । तर, कतिमा खरिद भए ? कहाँबाट आयो ? लेखाजोखा पारदर्शी छैन् । हामीले हिसाब माग्दा बताउनुभएको छैन् ।’
कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष रामसिंहासन यादवले गाउँपालिका अध्यक्ष यादवले आफ्ना छोराछोरीलाई विदेशमा पढाईरहेको र आफू महँगो गाडीमा हिँडिरहेको बताए । तर, गाउँपालिका अध्यक्ष वडा अध्यक्षहरुलाई अहिलेसम्म कानूनसम्मत् पाउनुपर्ने सुविधाबाट पनि बञ्चित गराएको उनको आक्रोश छ ।
कार्यक्रममा उक्त गाउँपालिकाको निर्वाचनमा वर्तमान अध्यक्ष यादवका निकटतम प्रतिद्धन्द्धी अरविन्द कुमार सिंहले वडा अध्यक्षहरुले राखेको असन्तुष्टि तथा गाउँपालिकाका अध्यक्षमाथि लगाएका सबै आरोपमा आफ्नो सहमति रहेको धारणा राखेका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  १० : ०२ बजे