५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


२०७६ असाेज १३ गतेकाे राशिफल


१३ आश्विन २०७६, सोमबार  

0
Shares

आश्विन १३, २०७६ – 30 September, 2019, सोमवार
द्वितीया – चन्द्र उदय

पञ्चाङ्ग
वि.सं. २०७६ असोज १३। सोमबार। इ.स. २०१९ सेप्टेम्बर ३०। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११३९ कौलाथ्व। आश्विन शुक्लपक्ष। द्वितीया, १९:५४ उप्रान्त तृतीया। नक्षत्र– चित्रा, २०:२२ बजेउप्रान्त स्वाती। योग– ऐन्द्र, १६:३३ बजेउप्रान्त वैधृति। करण– वालव, ८:५७ बजेदेखि कौलव, १९:५४ बजेउप्रान्त तैतिल। आनन्दादिमा मुद्गर योग। चन्द्रराशि– कन्या, ९:०३ बजेउप्रान्त तुला। काठमाडौंमा सूर्योदय– ५:५६ बजे, सूर्यास्त– १७:५० बजे र दिनमान २९ घडी ५ पला। शारदीय नवरात्र। राष्ट्रिय झन्डा फेर्ने साइत।

मेष – तपाइको प्रतिभाको उच्च मूल्यांकन हुनेछ । नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ ।
वृष–जीवनसाथीको समस्याले चिन्ता बढाउन सक्छ । स्थायी सम्पत्तिका विषयमा केही विवाद आउन सक्छ ।
मिथुन – मानसम्मानका साथमा प्रशस्तै आम्दानी बढ्ने समय छ । जीवनसाथीको सहयोगले थप लाभ र आनन्द मिल्नेछ ।
कर्कट – उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ ।
सिंह – स्थायी सम्पत्ति बढाउन सकिनेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ ।
कन्या–विलासितामा खर्च बढ्नेछ । उच्च महत्वाकांक्षाले केही नोक्सानीसमेत निम्त्याउन सक्छ । रोगले पनि सताउन सक्छ ।
तुला– आज तपाइलाइ परिवार तथा साथीभाइको सहयोग प्राप्त होला साथै धनलाभको पनि योग रहेको छ ।
वृश्चिक – नसोचेको ठाउबाट धन प्राप्त भइ मन प्रसन्न हुनेछ, साथै पढाइमा पनि केहि प्रगती हुने दिन रहेको छ ।
धनु– गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन् । नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ ।
मकर– विपरीत लिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धनमा कसिनेछ तर धनको भने नसोचेको नाश हुने दिन छ ।
कुम्भ– अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । हातमा आएका केही अवसर गुम्न सक्छन, होसियार रहनु होला ।
मीन – रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ६ : ०८ बजे