८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


मौसम खुलेपछि देखियो हिमाल


१३ आश्विन २०७६, सोमबार  

0
Shares

चापागाँउबाट देखिएको गणेश हिमाल । तस्विर ः ललितपुर खबर

लपु संवाददाता
१३ असोज ०७६, चापागाँउ । सोमबारबाट मौसम खुलेपछि राजधानीदेखि उत्तरतर्फको हिमाल देखिएको छ । सोमबार उत्तरी हिमालहरु लाङ्गटाङ्ग,गणेश, मनास्लु,दोर्जे लाक्पालगायतका हिमालहरु देखिएका हुन् ।

गतहप्तादेखि लागातार परिरहेको बर्षा क्रमिक रुपमा सुधार आउने मौसमविदको मञ्जु बासीको भनाइ छ । उनका अनुसार अहिले सिस्टममा परिवर्तन आएकाले मौसम सुधार आएको हो ।
मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मात्र पूर्वानुमान गर्ने गर्दछ । त्यसैले फूलपातीदेखि दशैंको टीकासम्मको अवधिभित्रको मौसमको यस्तै हुन्छ भन्ने अवस्ता नरहेको उनको भनाई छ । तर तत्काल पानी नै पर्ने सम्भावना न्युन रहेको मौसमविद बासीले बताइन् ।
मौसमविद्हरुका अनुसार नेपाली आकाशबाट मनसुन हटेको छैन । उपत्यकामा केहीदिनअघिबाट सामान्य पानी परिरहेको थियो भने ढपक्कै बादलले ढाकेको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ७ : ५४ बजे