२ माघ २०८१, बुधबार | Wed Jan 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


‘वृद्धभत्ता अब ५ हजार पुग्छ’ :प्रधानमन्त्री केपी ओली


१४ आश्विन २०७६, मंगलबार  

0
Shares

१४ असाेज ०७६ ललितपुर । प्रधानमन्त्री केपी ओलीले जेष्ठ नागरिकलाई सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता आफ्नो कार्यकालमै मासिक ५ हजार रुपैयाँ पुर्याउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

नेपालमा पहिलो पटक २०५१ सालमा मनमोहन अधिकारी नेतृत्व सरकारले मासिक १ सय रुपैयाँबाट शुरु गरेको जेष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता अहिले ३ हजार रुपैयाँ पुगेको छ ।

प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको उपलक्ष्यमा सोमबार शुभकामना दिँदै जेष्ठ नागरिकको ज्ञान र अनुभवमा आधारित सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने वातावरण सिर्जना गरेको बताउनुभएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  १२ : ५२ बजे