१६ असोज ०७६,ललितपुर । आज दशैको पाँचौ दिन देवीको पाँचौको रुपमा रहेको स्कन्दमाताको पूजाअर्चना गरिदै छ ।
धर्तिमा भएको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिइएकी हुदा माता पार्वतीको सौन्दर्यतालाई स्कन्दमाता मानेर पूजा गर्ने परम्परा चलिआएको हुदा आजको दिन पूजा गरिन्छ । शिवको पसिनाबाट वीर्यबीज उत्पति भएको र यैिबाट कार्तिकेय वा स्कन्दको जन्म भएकाले स्कन्दमातालाई कर्म परिश्रमकाृे रुपमा प्रतिक मानिएको छ । स्कन्दमाताको वदन वर्ण पहेंलो चित्रण गरिएको छ।
यी देवी मानसगद्दीमा बसेकी र हातमा कमलको फूल धारण गरेकी छन । यस्ती देवीको भक्ति गर्नाले सन्तान सुख पाइनुका साथै उर्वराले धर्ती सुसम्पन्न हुने बताइएको छ । नवरात्रका अन्य दिन झैं देवी भक्तिका लागि आज भक्तजनहरु मुलुकका विभिन्न शक्तिपीठ तथा देवी मन्दिरमा उपस्थित भइरहेका छन्।
प्रतिक्रिया