१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


महोत्तरीमा एक युवतीको बलात्कारपछि हत्या


१६ आश्विन २०७६, बिहिबार  

0
Shares

१६ असोज ०७६, ललितपुर। महोत्तरीको गौशाला नगरपालिकामा एक युवतीको बलात्कारपछि हत्या भएको छ । नगरपालिकाको वडा नम्बर १० थापा टोलस्थित मरहा खोलामा युवतीको बलात्कार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

प्रहरी निरीक्षक किशोर आचार्यका अनुसार गौशालाकी युवतीको बलात्कार गरी हत्या गरिएको अवस्थामा मरहा खोलामा बिहीबार बिहान शव फेला परेको हो ।

मृतक युवती शर्मिला दनुवारको मुख र घाँटी बाँधिएको, दुईटै आँखामा नीलडाम भएको, शरीरको विभिन्न भागमा चोटपटक लागेको र योनीबाट अत्यधिक रक्तश्राव भएको अवस्थामा शव फेला परेकोले उनको बलात्कार गरी हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहिबार  ९ : ५० बजे