५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


राशिफल (२०७६ असाेज १७ गते )


१७ आश्विन २०७६, शुक्रबार  

0
Shares

आश्विन १७, २०७६ – 4 October, 2019, शुक्रवार
षष्ठी – विल्व निमन्त्रण/ विश्व पशु/प्राणी दिवस

षष्ठी
नवरात्रिको षष्ठीका दिन पूजा गरिने देवीलाई कात्यायनी भनिन्छ। चार हात भएकी यी देवीको वाहन सिंह हो। यी देवीको कात्यायनी नाम रहन गएको कथा यस प्रकार देखिन्छ- कत नाम गरेका एक ऋषि थिए। उनका पुत्र ऋषि कात्य भए। कात्यको गोत्रमा विश्वप्रसिद्ध महषिर् कात्यायन पैदा भए। यिनले भगवती पराम्बाको उपासना गर्दै धेरै वर्षसम्म कठिन तपस्या गरेका थिए। भगवतीको जन्म मेरो घरमा छोरीको रूपमा होस् भन्ने उनको इच्छा थियो। माता भगवतीले उनको प्रार्थना स्वीकार गरिदिनुभयो। केही कालपछि जब महिषासुर दानवको अत्याचार पृथ्वीमा बढ्दै गयो, त्यसैबेला यस दैत्यको वधको लागि ब्रहृमा, विष्णु र शिव तीन देवताको शक्तिको तेजले एक देवीको जन्म भयो। यी देवीको पूजा गर्ने पहिलो ऋषि नै कात्यायन थिए। यसैकारण यी देवी कात्यायनी कहलाईन्।

मेष– चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने सम्भावना छ ।
वृष– सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ ।
मिथुन– सवारी साधन हाँक्दा अपनाएको सचेतका कारण चोटपटकबाट जोगिनु हुनेछ ।बौद्धिक क्षेत्रको काममा लामो यात्राको सम्भावना छ ।
कर्कट– अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुर्याउन सक्ने छैनन् ।
सिंह– बन्दव्यापारबाट फाइदा हुनेछ, आर्थिक पक्ष सबल नै छ, यद्यपि समय बलियो छैन । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु होला ।
कन्या– चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।
तुला– परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको आवागमनमा महत्वपूर्ण समयको नाश हुने सम्भावना छ ।
वृश्चिक– सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । पढाइमा सुधार आउला ।
धनु– यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ । खानपानमा नियन्त्रण गर्नुहोला । आर्थिक पक्ष सबल छ
मकर– मनोरञ्जन पूर्ण समय रहेको छ . कामधन्दा र व्यवसायको चापले गर्दा प्रेमिकासंग र दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ ।
कुम्भ– नचिताएको स्थानबाट धनागमनको संकेत छ । शरीर फूर्तिलो भएको महसुस हुनेछ । परिणाममुखी काममा लगानीको समय छ ।
मीन– पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ६ : ०० बजे