१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सवारी दुर्घटनामा एक महिलाको मृत्यु


१७ आश्विन २०७६, शुक्रबार  

0
Shares

१७ असाेज ०७६, ललितपुर ।मकवानपुरकाे हेटौँडा उपमहानगरपालिका–१ चाइनागेट नजिक आज बिहान ६ः३० बजे सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा–१ बस्ने ३५ वर्षीया सीता न्यौपाने हुन जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हेटौँडा–११ बाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना८ख ३८७२ नं को तेलट्याङ्करले सोही दिशाबाट आउँदै गरेको ना५६प ४९३५ नं को मोटरसाइकल ठक्कर दिँदा मोटरसाइकल सवार सीताको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीका अनुसार, दुर्घटनाबाट मोटरसाइकल चालक सीताका पति ४५ वर्षीय शशि न्यौपाने भने सामान्य घाइते भएका छन् । हेटौँडा अस्पतालमा सामान्य उपचार गरी उनी घर फर्किएका छन् । ठक्करबाट दिने ट्याङ्कर चालक भीमफेदी गाउँपालिका–१ त्रिखण्डी बस्ने २४ वर्षीय मुकेश विकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार  ११ : १५ बजे