१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सुनसान हुँदै काठमाडौँ :आज तीन लाख ४५ हजार यात्रु बाहिरिए


१८ आश्विन २०७६, शनिबार  

0
Shares

१८ असोज ०७६,ललितपुर। दशैँ मनाउन सर्वसाधारणहरु घरघर गएकाले काठमाडौँ उपत्यका आजबाट सुनसान हुन थालेको छ । उपत्यकामा मानिसहरुको चहलपहल न्यून बन्दै गएको छ भने सवारी साधनसमेत पातलिएका छन् । अघिपछि सवारी जाम हुने यहाँको विभिन्न चोकहरुमा आज रोकिनु नपरेको महानगरीय ट्राफिक प्रहरी महशाखाले जनाएको छ । सीमित मात्रामा भाडाका र निजी गाडी तथा मोटरसाइकल चलेका थिए । सवारी कम भएकाले आज दिउँसो कार्यस्थलमा खटिएका ट्राफिक प्रहरीहरु फुर्सदिला देखिएका थिए ।

कलङ्की, कोटेश्वर तथा न्यूरोडलगायत व्यापारिक क्षेत्रहरुमा अझै केही भीडभाड रहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । सो क्षेत्रमा सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरी खटाइएको उहाँले बताउनुभयो । प्रहरीका अनुसार आइतबार अष्टमीदेखि भने काठमाडौँको सवारी र मानवीय चहलपहल थप सुनसान हुनेछ ।
आजदेखि सार्वजनिक बिदा भएकाले आज धेरै सवारी र यात्रुहरु राजधानी बाहिरिएकोे छ ।

महाशाखाले दिएको तथ्याङ्कअनुसार आज दिन मात्र तीन लाख ४५ हजार मानिस राजधानीबाट बाहिरिएका छन् । दशैँ मनाउन आज सबैभन्दा बढी यात्रु राजधानी बाहिरिएको महाशाखाले जनाएको छ ।

पोखरेलले यसपालि विगतको भन्दा शान्ति सुरक्षा प्रभावकारी भएको उल्लेख गर्दै अप्रिय र जघन्य घटना नभएको जानकारी दिनुभयो । उहाँका अनुसार दशैँको अवसरमा शान्ति सुरक्षाका लागि देशभरका आठ हजार ५०० स्थानमा ४३ हजार प्रहरी परिचालन गरिएको छ । प्रहरीले निगरानी बढाउँदाबढाउँदै पनि यातायातमा भने तोकिएभन्दा दोब्बर बढीसम्म भाडा असुल्ने गरेको पाइएको थियोे । तर प्रहरीले निगरानी बढाएकाले विगतमा जस्तो समस्या नदेखिएको भन्दै प्रवक्ता पोखरेलले अहिलेसम्म भाडा बढी लिने ३५० गाडीलाई कारवाही गरिएको जानकारी दिनुभयो ।

प्रहरीले उपत्यकाबाट घर छाड्नेलाई छिमेकी तथा प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । अहिलेसम्म दुई÷तीन सयले मौखिकरुपमा घर छाडेको जानकारी दिएकाले सो क्षेत्रमा प्रहरीको मोबाइल गस्तीमार्फत निगरानी भइरहेको महानगरीय प्रहरी परिसर काठमडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १८ आश्विन २०७६, शनिबार  १० : ०१ बजे