८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


दुई लाख नगदसहित ११ जना जुवाडे पक्राउ


२२ आश्विन २०७६, बुधबार  

0
Shares

२२ असोज २०७६, काठमाडौं । नेपाल प्रहरीले रु दुई लाख १४ हजार नगदसहित ११ जना जुवाडे पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले टोखा नगरपालिका–११ गोँगबुमा रहेको पूर्ण लिम्बूको कोठामा जुवा खेलिरहेको अवस्थामा आज साँझ उनीहरुलाई पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक उमेश लम्सालले ठूलो नगद हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जानकारी दिनुभयो । प्रहरीले पक्राउ परेकासँग तास र नगद रु दुई लाख १४ हजार बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जानकारी दिएको छ

प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार  ९ : १९ बजे