१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बलात्कारको आरोपमा मालपोत प्रमुख पक्राउ


२३ आश्विन २०७६, बिहिबार  

0
Shares

२३ असाेज २०७६,कञ्चनपुर । कञ्चनपुरको बेलौरी मालपोत कार्यालयका प्रमुख भोजबहादुर ऐडी पक्राउ परेका छन् । स्थानीय एक महिलाले आफूमाथि बलात्कारको आरोप लगाएपछि बेलौरी मालपोत कार्यालयका प्रमुख ऐडीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

“महिलाले आरोप लगाएपछि सोधपुछका लागि नियन्त्रणमा लिएका हौँ ।” इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक रणबहादुर चन्दले भन्नुभयो, “घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको छ ।” उहाँले मोलपोत प्रमुख ऐडीलाई सोधपुछ भइरहेको बताउँदै कुनै खाले जाहेरी नआएको बताउनुभयो । “अहिलेसम्म मुद्दा दर्ता भएको छैन ।” चन्दले भन्नुभयो, “घटनाबारे सोधपुछकै लागि हामीले महिलालाई पनि नियन्त्रणमा लिएका छौँ ।”

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहिबार  १ : ५० बजे