४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चिनियाँ राष्ट्रपति सीको उपचारमा खटिने नेपाली चिकित्सक


२५ आश्विन २०७६, शनिबार  

0
Shares

२५ असोज २०७६, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनफिङ दुई दिने राजकीय भ्रमणको लागि आज अपरान्ह चार बजेर ५५ मिनेटमा काठमाडौं ओर्लिने कार्यक्रम छ । उनको भ्रमणको क्रममा स्वास्थ्यअवस्थालाई मध्यनजर गर्दै चिकित्सकपनि खटाईएको छ । राष्ट्रपति सीका लागि सुरक्षाकर्मीसँगै चिकित्सक र स्वास्थ्यकर्मी पनि खटिएका छन् ।

उनको सवारी कार्गेटमा नेपाली सेना र नर्भिक इन्टरनेशनल हस्पिटलको गरी दुईवटा एम्बुलेन्स प्रयोग हुँदैछ । नर्भिक इन्टरनेशनल हस्पिटलको तर्फबाट राष्ट्रपति सीको डाक्टरको रुपमा बरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर शिवजी विक्रम सिलवाल खटिएका छन् । चीनमै छात्रावृत्तिमा एमबीबीएस र एमडी गरेका सिलवाल नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ का नीजि चिकित्कस पनि हुन् ।

सी नेपालमा रहने अवधिभर डाक्टर सिलवाल नेतृत्वको नर्भिक इन्टरनेशनलको टिम साथमै रहनेछ । सीको कार्गेटमा सवार नेपाली सेनाको चिकित्सक तथा स्वास्थ्यकर्मीको नाम भने खुलाइएको छैन । सीको स्वास्थ्यमा कुनै समस्या आए काठमाडौंस्थित् छाउनीमा रहेको नेपाली सेनाको हस्पिटल र थापाथलीस्थित् नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गर्ने तयारी छ । सीको साथमा चिनियाँ चिकित्सकहरुको टोली पनि छ ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार  ५ : ०४ बजे