२५ असोज २०७६ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय वार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा जारी भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध पक्षमा छलफल भएको हो ।
राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी शनिबार अपराह्न नेपालको दुईदिवसीय राजकीय भ्रमणमा नेपालआइपुग्नुभएको हो । राष्ट्रपति सी चिनफिङ शितल निवासको भेटवार्ता सकेर राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गर्नु भएको रात्रिभोजमा सहभागि हुन सोल्टी होटलमा जानुभएको थियो ।
भेटवार्ताको तस्वीहरु :
प्रतिक्रिया