१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


७८ हजार नगदसहित सात जुवाडे पक्राउ


२९ आश्विन २०७६, बुधबार  

0
Shares

 

२९असाेज २०७६चितवन ।  चितवनमा नगदसहित जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२ बालकुमारी रोडबाट मङ्गलबार जुवातास खेल्ने र खेलाउने सात जनालाई ७८ हजार ५०५नगदसहित प्रहरीले पक्राउ गरेको हो।

तनहुँ घर भई भरतपुर–२ मा डेरा गरी बस्ने ३५ वर्षीय राजेशकुमार विकले सोही घरको तेस्रो तलाको आफ्नै कोठामा जुवातास खेलाइरहेको अवस्थामा प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई नियन्त्रणमा लिई कानूनी कारवाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२ का ३५ वर्षीय राजेश विक, भरतपुर–१ का ३५ वर्षीय कपिल गुरुङ, भरतपुर–१ कै ३५ वर्षीय सरोज पोखरेल, भरतपुर–२ क्षेत्रपुरका ३१ वर्षीय विशाल लामा, गैँडाकोट–९ का ३४ वर्षीय कर्म गुरुङ, भरतपुर–१ का ३५ वर्षीय राजन ठकुरी र लमजुङका ३२ वर्षीय एडेन गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ९ : ०० बजे