१९ मंसिर २०८०, मंगलबार | Tue Dec 5 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेकपाको संगठन विभागमा तीन असन्तुष्ट नेता थप


२९ आश्विन २०७६, बुधबार  

0
Shares

२९ असाेज २०७६ काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले संगठन विभागमा तीन असन्तुष्ट नेतालाई थपेको छ । नेकपाले संगठन विभागमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई थपेको हो ।

नेकपाको बुधबारको सचिवालय बैठकले उहाँहरुलाई संगठन विभागमा राख्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि जानकारी दिनुभयो । संगठनको विभागको प्रमुख वामदेव गौतम र उपप्रमुख जनार्दन शर्मा हुनुहुन्छ ।

त्यसैगरी बैठकले उपनिर्वाचनको लागि समेत हरेक पदमा ३र३ जनाको नाम पठाउन मातहतको कमिटीलाई पत्राचार गर्ने निर्णय पनि गरेको छ । जनप्रतिनिधिको निधनको कारण मुलुकमा संघीय संसद प्रतिनिधिसभाको १, प्रदेशसभाको ३ र स्थानीय तहसहित ५१ पद रिक्त छ । रिक्त पद पूर्तिको लागि मंसिर १४ मा उपनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  १२ : १९ बजे