८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


वडाध्यक्षले ‘डुम’ भन्दै कुटे, उजुरीपछि मार्ने धम्की


२९ आश्विन २०७६, बुधबार  

0
Shares

पिडित गोविन्द विक ।२९ असोज ०७६,काठमाडौं । रुकुममा जनप्रतिनिधिले अपमान गर्दै कुटेको र न्यायका लागि उजूरी गरेपछि मार्ने धम्की आएको भन्दै एक दलित विस्थापित भएका छन् । उनी न्याय माग्न राजधानी आएका हुन् । रुकुमको चौरजहारी नगरपालिका ३ का वडाध्यक्ष लालबहादुर बुढाथोकीले गोविन्द विकलाई जातीय गालीगलौज गर्दै कुटपिट गर्दा पनि न्याय नपाएको र उल्टै मार्ने धम्की आएको भन्दै राजधानी आएको बताएका छन् ।
पीडित गोविन्द विकले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेनल गरी दोषीमाथि कडा कारबाहीको माग राखेको छन् । उनले भने, ‘मलाई ‘डुम ड्यांग्रा’भन्दै कुटपिट गरेर उल्टै ज्यान मार्ने धम्की आएपछि न्यायका लागि राजधानी आएको हुँ ।
सामुदायिक वन दर्ता गर्ने विषयमा छलफल गर्न वडा कार्यालयमै बोलाएर वडाध्यक्षले कुटपिट गरेको उनले सुनाए । उनले भने,‘सामुदायिक वन जिल्ला वन कार्यालयमा दर्ता गर्ने विषयमा छलफल चल्दै थियो । मैले हामी पनि समितिमै बस्छु भनेपछि ‘डुम ड्यांग्रा’भन्दै कुटपिट गरे’ । आफूमाथिको अन्याय अरुलाई नपरोस् भनेर दोषीमाथि कारबाही अनिवार्य भएको बताए । उनले भने,‘स्थानीय नेताहरुका सामु वडा कार्यालयभित्रबाट कुट्दै कुट्दै बाहिर ल्याएर जातीय गालीगलौजा गरेपछि उजुरी गरेको हुँ ।’
प्रहरीमा उजुरी गरेपछि गाउँमै मिलापत्र गर्न दबाब बढेको र स्थानीय राजनीतिक दलका नेता र दलित अगुवाले समेत गाउँमै मिलापत्र गर्न दबाब दिएको विकले गुनासो पोखे ।
सामुदायिक वनलाई जिल्ला वन कार्यालयमा दर्ता गर्ने विषयमा विवाद रहेकाले वनदर्ताका लागि समिति बनाउनु पर्नेमा केही स्थानीयलाई जिल्ला वन कार्यालयले बोलाएर परामर्श गरेको खुलाए । उनले भने,‘यसमा म पनि सहभागी थिएँ ।’


कुटपिट गरेपछि वडाध्यक्ष बुढाथोकीले फोन गरेर धम्की दिइरहेका विकको भनाइ छ । प्रहरीमा उजुरी दिएपछि फेरि कुट्ने, मार्नेसम्मको धम्की आइरहेको सुनाए ।
गाउँका स्थानीय नेताले प्रहरीको साटो गाउँमै मिलापत्र गरी विवादलाई ढिसमिस गर्न दबाब दिएको खुलाए । तर अरुका अगाडि आफूमाथि जातीय विभेदका साथै कुटपिट भएकाले न्यायका लागि लड्ने विकले दृढता व्यक्त गरे ।
उक्त कार्यक्रममा मुक्ति समाजका महासचिव कृष्ण बहादुर विश्वकर्माले जातीय भेदभाव गर्नेलाई तीन महिनादेखि तीनवर्षसम्म कैद वा एक हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ भन्दै उनले कुटपिट र जातीय विभेद गर्ने वडाध्यक्षलाई कारबाही माग गरेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  ११ : ०५ बजे