८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गृहमन्त्रीका कर्मचारी मृगौला तस्करीमा


३० आश्विन २०७६, बिहिबार  

0
Shares

३० असोज ०७६, ललितपुर । मृगौला तस्करीमा संलग्न रहेको आरोपमा गृहमन्त्रीको निजी सचिवालयमा कार्यरत एक अधिकृत, ललितपुरको पुल्चोकस्थित निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत, सोही अस्पतालका कानुन अधिकृत, चिकित्सक र मृगौला लिने व्यक्ति गरी ५ जना पक्राउ परेका छन् ।
प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले रामेछाप दोरम्बा–३ घर भई स्वयम्भू बस्ने शंकरलाल लामाले नक्कली भान्जा खडा गरी मृगौला किनेर प्रत्यारोपण गरेको घटनामा संलग्न भन्दै उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकामा गृहमन्त्री रामबहादुर थापाको निजी सचिवालय कार्यरत अधिकृत रामचन्द्र आले, मृगौला प्रत्यारोपण गर्ने निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत बिपेन्द्र प्रधान, कानुन अधिकृत कुमुदकुमार भट्टराई, डा. राजेश पन्त र लामा छन् ।
दुवै मृगौला फेल भएपछि लामाका आफन्तले काभ्रेका ३७ वर्षीय एक युवकलाई ३ लाख रुपैयाँ दिएर मृगौला किनेका थिए ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहिबार  ८ : ३७ बजे