७ फाल्गुन २०८१, बुधबार | Wed Feb 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु


३० आश्विन २०७६, बिहिबार  

0
Shares

 

३० असोज २०७६, चितवन । चितवनमा बुधबार ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । ना१३प ६७०३ नंको मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले भरतपुर महानगरपालिका–१० सिर्जनाचोकमा ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका भरतपुर महानगरपालिका–४ यज्ञपुरीका भविस केसीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । मोटरसाइकलमा सवार तनहुँ आबुखैरहनीका २२ वर्षीय सुशान्त अधिकारी र १९ वर्षीय प्रशान्त अधिकारी घाइते भएका छन् । उनीहरु दुवैको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

त्यसैगरी घाइते प्रशान्तको अवस्था गम्भीर र सुशान्तको अवस्था सुधारत्मकरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र ट्रकका चालक फरार रहेकाले खोजी कार्यलाई तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहिबार  ९ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।