११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो


१ कार्तिक २०७६, शुक्रबार  

0
Shares

०१ कार्तिक २०७६,महोत्तरी ।  बिहीबार राति पूर्वपश्चिम राजमार्गको लक्ष्मीनियाँ वनक्षेत्रमा सडक दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छ । दुर्घटनामा मृत्यु हुनेमा बर्दिवास नगरपालिका–४ का ३० वर्षीय दिलीप महतो र १९ वर्षीय कुलदीप महतो रहेका छन् ।

गएराति गस्तीमा गएको प्रहरी टोलीले दिलीप र कुलदीपलाई राजमार्गमा मृत भेट्टाएको थियो । प्रहरीले दुवै शव परीक्षणका लागि बर्दिवास–१४ स्थित शुभस्वस्तिक अस्पतालमा ल्याएको थियो । मृतकको पहिचान आज खुलेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक निशान थापाले बताउनु भयो।

यसैगरी उनीहरुले प्रयोग गरेको ज४प २३९० नंको मोटरसाइकल घटनास्थलमा फेला परेको छ । घटनास्थलमा एउटा राँगासममेत घाइते अवस्थामा फेला परेको थापाले बताउनुभयो । घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ८ : ५२ बजे