सुनिता देशार । नेपाली खेल जगतमा उति सुनिएको नाम होइन ।
होस् पनि त कसरी ? उनी मोटरस्पोर्टको विद्यामा खेल खेल्छिन् । यो मोटरस्पोर्टलाई नेपालमा खेलको रुपमा लिइन्न । तर संसारभर मोटरस्पोर्ट रोमाञ्चक खेलको रुपमा लिने गरिएको छ ।
उनीको मोटरस्पोर्टसमा प्रवेश अनौठो गरिकाबाट भयो ।
सुनिता ग्वार्कोको होण्डा कम्पनीको सेफ्टी राइडिङ्ग ट्रनिङ्ग सेन्टर काम काम गर्थिन् । सुनिता सधैजसो स्कुटी हुइक्याएर अफिस आउजाउ गर्थिन् । एक दिन एक दिन सुनिताको हातमा हात तेश्रो नेश्नल च्याम्पियनशीप रेस नारीको फरम हात प¥यो । । सातदोवाटोमा टायरहरु राखेर लोभलाग्दो ट्रयाक बनाइएको थियो । यही ट्रयाकमा सुनिताले जीवनकै पहिलो प्रतिश्पर्धामा भाग लिइन् । उनी त्यही प्रतियोगितामा तेस्रो भइन् ।
रेस नारीको त्यही प्रतिश्पर्धा सुनिताको टनिङ्ग प्वाइट सावित भयो । त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेको छैन । केही दिन अघि सुनिताले भारतमा भएको गोकार्ड च्याम्पियनशीपमा स्वर्ण पदक जीतेर नेपालको पहिलो महिला मोटरस्पोर्ट अवार्ड जित्न सफल भइन् । भारतको बैङ्गलोरमा भएको यो प्रतिश्पर्धा बाइकिङ्ग स्ल्यालममा तर्फको अवार्ड थियो ।
खेल सकिएपछि जव घोषणा भयो । उनले अवार्ड जितिसकेकी थिइन् । तर पनि उनले पत्याइरहेकी थिइनन् । अन्ततः सुनिताले अवार्ड चुमिन् । देश बाहिर अरुको देशमा अवार्ड जित्दा गर्वको अनुभूति भएको सुनिता बताउछिन् । उनले भारतीय भूमिमा नेपाली झण्डा फहराइन् ।
अवार्ड बोकेर सुनिता नेपाल फर्किन् । उनलाई नेपाल अटोमोवाइल एशोसिएशन बाहेक कसैले पनि सोधखोज गरेको छैन । सरकारी निकायले अन्तराष्ट्रिय अवार्ड जित्ने खेलाडीलाई सोधखोज नगर्दा उनी दुःखी छिन् ।
नेपालमा मोटर स्पोर्टको लागि कुनै व्यावसायिक ट्रयाक नै छैन । सुनिताले गोकार्डको प्रतिश्पर्धामा पहिलोपल्ट मोटर छोएकी हुन् । उनीले जीवनमा कहिल्यै गोकार्ड मोटर गुडाएकी पनि थिइनन् । तर पनि उनी त्यो प्रतिश्पर्धामा अव्वल सावित भइन् ।
मोटरस्पोर्टमा लाग्न सामान्यताया ४ देखि ५ लाखसम्मका वाइक आवश्यक छ । सुनिताले मोटर स्पोर्टकै लागि भनेर कसैले पनि अभ्यास गरिरहेको देखेकी छैनन । नेपालमा मोटरस्पोर्टसको प्रतिश्पर्धामा भाग लिनका लागि तयारी गर्ने कुनै ठाँउ छैन । ‘मोटरस्पोर्टका लागि नेपालमा कुनै ट्रयाक नै बनाइएको छैन । सबैले सडकमा ओहोरदोहोर गर्दा नै अभ्यास गर्ने हो ।’ सुनिता भन्छिन्,वाइक रेसमा अन्र्तराष्ट्रिय अवार्ड जित्ने सुनिता केही दिन अघि चापागाँउ सडकमा दुर्घटनामा परिन् ।
नेपालमा महिलाहरुका लागि प्लाटपर्म नभएको सुनिताको गुनासो छ । तर पनि नेपालमा महिला राइडरहरु आजकल दिनानुदिन बढ्दैछन् ।
सुनिताको मोटरस्पोर्टमा करियर बनाउने योजना छ तर प्रयोजक विना उनी आफ्नो करियरअघि बढ्ने सम्भावना देख्दिनन् । वाइक कम्पनीले सहयोग गरिदिए उनी आगामी दिनमा मोटरस्पोस्रमा केह ीगर्ने धोको पालेकी छिन् ।
सुनिताले चापागाँउकै साँग्रिला इन्टरनेश्नल स्कूलमा स्कूलको कोर्स सकिन् । उनी आजकल व्याचर एण्ड सोसियल वर्क अध्ययन गरिरहेकी छिन् ।
मोटर स्पोर्टस्मा लाग्नेहरुका लागि विभिन्न विभिन्न मोटर कम्पनीले समय समयमा प्रायोजन गर्नु बाहेक अरु गतिविधि नभएको सुनिता गुनासो गर्छिन । स्टन्ट,रेस, वाइकिङ्ग स्लालमजस्ता विभिन्न मोटरस्पोर्टसँग आवद्ध छन् ।
नेपालजस्तो देशमा मोटरस्पोट्स महँगो खेलमा दरिन्छ । नीजि क्षेत्रले पनि नेपालमा मोटरस्पोर्टसको क्षेत्रमा लागानी गरेको छैन । मोटर स्पोर्टमा अवार्ड जित्ने सुनिता आफू एक्लीमहिला खेलाडी भएको बताउछिन् ।
सुनिता बेला बेलामा हुने प्रतिपर्धामा भाग लिन स्पोर्टी वाइक अभाव खड्किएको अनुभव गर्छिन् । अभ्यासका लागि ट्रयाक नहुदा करिअर कसरी अगाडि बढाउने उनीलाई नै थाहा छैन । नेपालमा धेरैजस्तो होण्डा ड्रिप कप हुँदा होण्डाकै बाइक चाहिएको थियो । धेरै जसो प्रतिश्पर्धामा मोटरसाइकलको सिसि अनुसारको प्रतिश्पर्धा भइरहेको हुन्छ ।
उनले २०१७ सालमा रेस नारी प्रतिश्पर्धामा भाग लिएपछि कुनै अरु गतिविधि भएको छैन ।
वाइक रेसमा भाग लिदा परिवारले यस अघि सहयोग गर्दैन थियो । अवार्ड जितेपछि परिवारले सहयोग गरिरहेको छ ।
प्रतिक्रिया