११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


राशिफल ( २०७६,कार्तिक-०२ गते )


२ कार्तिक २०७६, शनिबार  

0
Shares

 

कार्तिक 0२, २०७६ – 19 Oct , 2019, शनिवार

मेष –  परिस्थितिले संघर्षको पाइला चाल्न सिकाउनेछ। सुखदुःखमा साथ दिनेहरू कमै भेटिनेछन्।

वृष –  खर्च लागे पनि कामको प्रयत्न सफल हुने समय छ। स्वास्थ्यमा मौसमी समस्या आउन सक्छ।

मिथुन –  विशिष्ट जनसँग मित्रता बढ्न सक्छ। पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ।

कर्कट –  समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।

सिंह –  रोकिएको काम बन्नाले उत्साह जाग्नेछ। धार्मिक क्रियाकलापमा रुचि जाग्नेछ। शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्न सक्छ।

कन्या –  अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्।

तुला –  रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ। तर्कशक्ति बढे पनि कुराकानी गर्दा गोपनीयतामा ध्यान दिनुहोला।

वृश्चिक –  कामको उपलब्धि देखाएर थप फाइदा उठाउन सकिनेछ। प्रशंसकहरू बढ्नेछन्। दीर्घकालीन काममा लगानी गर्ने अवसर पनि प्राप्त हुनेछ।

धनु –  खर्च भए पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ। टाढाका साथीभाइसँग सम्बन्ध बढ्नुका साथै विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ।

मकर –  अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। तापनि, सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्।

कुम्भ –  बोली-व्यवहारमा सजग रहनुहोला। हिसाबकिताबमा सावधान नहुँदा विवादमा परिनेछ। मानसम्मानमा चोट पुग्न सक्छ।

मीन –  आँटेका काम बन्नाले जोश–जाँगर बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ७ : १७ बजे