१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


राशिफल (२०७६,कार्तिक, ०३ गते )


३ कार्तिक २०७६, आइतबार  

0
Shares

कार्तिक ०३, २०७६ – 20 Oct, 2019, आइतवार

मेष – हिम्मतले काम लिने समय छ। पुरुषार्थ देखाएर नाम, दाम र इनाम हात पार्न सकिनेछ।

वृष –  श्रमको उचित मूल्यांकन हुनेछ। खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ।

मिथुन –  अरूको भावनालाई बेवास्ता गर्दा समस्या देखापर्नेछ। कमजोरी ढाकछोप गर्दा दुःख पाइनेछ ।

कर्कट –  पठनपाठनमा प्रगति हुनेछ। प्रतिभा प्रदर्शन गरेर धेरैलाई अचम्मित तल्याउन सकिनेछ। तपाईंको विचारलाई धेरैले मन पराउनेछन्।
सिंह –  स्वास्थ्यमा कमजोरी देखिए अध्ययनमा ध्यान केन्द्रित हुनेछ। प्रयत्न गर्दा विदेशयात्राको अवसर जुट्न सक्छ।

कन्या – बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। शक्तिशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रने सम्भावना 5 गोपनीयतामा ध्यान दिनुहोला।
तुला –  खर्च बढ्ने देखिएकाले रकम जोगाउने चेष्टा गर्नुहोला । बलजफ्तीले काम बिग्रन सक्छ ।

वृश्चिक –  आतिथ्यपूर्ण सम्मान पाइनेछ। मेहनतले नाम, दाम र इनाम हातपार्न सकिनेछ ।

धनु –  अप्ठ्यारो परिस्थितिमा गरिएको पुरुषार्थले प्रतिष्ठा दिलाउनेछ। दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ ।

मकर –  राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ। बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्न सक्छ।

कुम्भ –  बोलीकै भरमा काम सम्पादन गर्ने समय छ।प्रेम र मित्रताको गाँठो कसिन सक्छ ।

मीन –  काम सामान्य भए पनि राम्रो आम्दानी हुनेछ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ ।

 राशिफल सुन्न हेर्नका भिडियाे 

 

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  ६ : २२ बजे