१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


राशिफल (२०७६,कार्तिक ५ गते )


५ कार्तिक २०७६, मंगलबार  

0
Shares

कार्तिक ५, २०७६ – मङ्गलवार – 22 October, 2019, Tuesday

पञ्चाङ्ग
वि.सं. २०७६ कात्तिक ५। मंगलबार। इ.स. २०१९ अक्टोबर २२। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११३९ कौलागा। कार्तिक कृष्णपक्ष। नवमी, २३:२४ उप्रान्त दशमी। नक्षत्र– तिष्य, १३:४५ बजेउप्रान्त अश्लेषा। योग– साध्य, १८:०६ बजेउप्रान्त शुभ। करण– तैतिल, १२:२४ बजेदेखि गर, २३:२४ बजेउप्रान्त वणिज। आनन्दादिमा प्रवर्द्धमान योग। चन्द्रराशि– कर्कट। काठमाडौंमा सूर्योदय– ६:०८ बजे, सूर्यास्त– १७:२७ बजे र दिनमान २८ घडी ७ पला। सर्वार्थसिद्धि योग १३:४५ बजेपछि।

मेष – नया उद्योग–धन्दाको थालनी गर्न सकिनेछ । विद्यार्थीहरूको लागि विशेष प्रगति हुने दिन रहेको छ ।
वृष – सहयोगीको राम्रो साथ पाइनेछ । शिक्षा र साझेदारीमा फाइदा हुनेछ, घरमा सामान्य मनमुटाव होला । ।
मिथुन – अनावश्यक खर्च र ऋणभार बढ्ने देखिन्छ । नसा, जोर्नी वा घुडासम्बन्धी समस्याले सताउन सक्छ ।
कर्कट – नोकरीमा पदोन्नति,व्यापार–व्यवसायमा फाइदा हुनेछ । दाम्पत्य सम्बन्ध पनि सुमधुर रहला ।
सिंह – दाम्पत्य सम्बन्ध प्रगाढ हुनेछ, सन्तानबाट प्रसन्नता मिल्नेछ, साथै टाढाको यात्रा पनि होला ।
कन्या – धनधान्य लाभ, कृषिकर्म तथा पशु व्यवसायबाट प्रशस्त फाइदा हुने देखिन्छ । स्थायी सम्पत्ति आर्जन गर्ने समय छ
तुला – निजी व्यवसाय र कृषिकर्ममा परिश्रम र लगानीभन्दा न्यून उपलब्धि हासिल हुनेछ ।
वृश्चिक – यदाकदा बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक अभावले सताउने योग छ ।
धनु – प्रयत्न गर्दा नयाँ नोकरी प्राप्त हुनेछ । नोकरी हुनेहरूका लागि पदोन्नतिको समय छ l
मकर – धर्मको पालना, मंगलमय कर्म सम्पादन र सामाजिक दायित्व वहनमा समय जानेछ । बौद्धिक पक्षमा लाभ मिल्नेछ ।
कुम्भ – घर–जग्गामा विवाद र आमाको स्वास्थ्यमा समस्या आउने देखिन्छ । विशेष सतर्क रहनु होला ।
मीन – आज समाजसेवा र परोपकारका कार्य गरिनेछ । व्यापार व्यवसायमा पनि सामान्य प्रगति हुनेछ ।

विस्तृत जानकारीका लागि :
ज्योतिष विज्ञान अनुस्थान केन्द्र, काठमाडौं नेपाल
सम्पर्क मोबाइल नं ९८४०४१५०७३

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ६ : ४५ बजे