१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


राशिफल (२०७६,कार्तिक ६ गते )


६ कार्तिक २०७६, बुधबार  

0
Shares

कार्तिक ६, २०७६  बुधवार – 23 October, 2019, Wednesday

पञ्चाङ्ग
वि.सं. २०७६ कात्तिक ६। बुधबार। इ.स. २०१९ अक्टोबर २३। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११३९ कौलागा। कार्तिक कृष्णपक्ष। दशमी, २१:१४ उप्रान्त एकादशी। नक्षत्र– अश्लेषा, १२:२३ बजेउप्रान्त मघा। योग– शुभ, १५:१३ बजेउप्रान्त शुक्ल। करण– वणिज, १०:२० बजेदेखि भद्रा, २१:१४ बजेउप्रान्त वव। आनन्दादिमा राक्षस योग। चन्द्रराशि– कर्कट, १२:२३ बजेउप्रान्त सिंह। काठमाडौंमा सूर्योदय– ६:०९ बजे, सूर्यास्त– १७:२६ बजे र दिनमान २८ घडी ३ पला। सायन सूर्य वृश्चिक राशिमा २७:५५ बजे प्रवेश।

मेष – बौद्धिक वा शैक्षिक क्रियाकलापमा प्रगति र सफलता मिल्नेछ, नसोचेको ठाउबाट आर्थिक लाभ पनि होला ।
वृष – सहयोगीहरूबाट उचित सहयोग पाइनेछ, पारिवारिक असमझदारी र बन्धुबान्धब संग मनमुटाव पनि होला ।
मिथुन – केही विरोध र आँटेको समयमा काम अवरुद्ध बन्न सक्छ । रोगको कारणले पैसा खर्च हुने दिन रहेको छ ।
कर्कट – पढाइलेखाइमा राम्रो नतिजा देखाउन सकिनेछ । यात्रा फलदायी बन्नेछ र काममा उत्साह जाग्नेछ ।
सिंह – सन्तानबाट फाइदा र सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन् । दिन रमाइलै बित्ला ।
कन्या – मानहानि वा अपजशको सम्भावना छ, कसैको लैलैमा टाढाको यात्रा समेत हुन सक्छ ।
तुला – लगानीको प्रतिफलमा कमी र साझेदारी सम्बन्धमा समस्या आउने देखिन्छ होस पुर्याउनु होला ।
वृश्चिक – भूमि, घर अथवा वाहन प्राप्तिको योग छ, अनावश्यक खर्च, कर्जा र चोटपटकका लाग्न सक्छ सावधान रहनु होला ।
धनु – आर्थिक उपार्जनमा सुधार आउनेछ । कृषि र पशुपालनमा सामान्य फाइदाको योग रहेको छ ।
मकर – रुपैयापैसाको कारोबार हुने दिन रहेको छ, आफन्तसंग पनि भेटघाटको अवसर मिल्ने देखिन्छ ।
कुम्भ – परिवारजन, बन्धुबान्धव वा इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ ।
मीन – उत्तम रोजगारी मिल्नेछ र नोकरीमा पदोन्नति समेत हुनेछ । व्यवसायमा अनुकूल परिवर्तन होला ।

विस्तृत जानकारीका लागि :-
ज्योतिष विज्ञान अनुस्थान केन्द्र, काठमाडौं नेपाल
सम्पर्क मोबाइल नं ९८४०४१५०७३

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ६ : ०३ बजे