४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


भाई टिकाको उत्तम साइत ११ बजेर ५५ मिनेटमा


७ कार्तिक २०७६, बिहिबार  

0
Shares

 

७ कार्तिक २०७६, काठमाडौं । पञ्चांक निर्णायक समितिले भाइ टिकाको उत्तम साइत सार्वजनिक गरेको छ । यस वर्षको भाई टिका १२ कात्तिकमा परेको छ ।

यस दिन भर भाइटिक लगाउन सकिने भएता पनि उत्तम साइत हेर्नेहरुका लागि भने ११ बजेर ५५ मिनेट जाँदाको साइत उत्तम रहेको समितिले जानकारी दिएको छ ।

समितिका अध्यक्ष रामचन्द्र गौतमका अनुसार यस दिन कुनै पनि समय टिका लगाउन बाधा मानिदैन । उत्तम साइत राज्य सञ्चालकहरुका लागि हो । सर्वसाधारणले भने आफ्नो अनुूकल पारेर टिका लगाउन सक्छन् । यस वर्ष यमपञ्चक ८ कात्तिकबाट प्रारम्भ हुने छ ।

९ कात्तिकमा काग तिहार परेको छ । यसैगरी त्याे दिन धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि मनाइने भएको छ । १० कात्तिकमा नरक स्नान गरिन्छ भने यसै दिन कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा मनाइने छ ।

यस दिन बिहान ११ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंशी तिथि लाग्ने समितिले उल्लेख गरेको छ । गाई, गोरु र आत्म (म्ह) पूजा  ११ कात्तिकको दिन परेको छ । १२ कात्तिकमा भने तिहार र नेपाल सम्वतको नयाँ वर्ष समेत परेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहिबार  ११ : ३९ बजे