१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


निवर्तमान सभामुख महरालाई अनुसन्धान गर्न सात दिन म्याद थप


८ कार्तिक २०७६, शुक्रबार  

0
Shares

८, कार्तिक २०७६,काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि थप अनुसन्धान गर्न सात दिनको म्याद थप गरिएको छ । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कारको प्रयास गरेको र नमान्दा कुटपिट गरेको आरोपमा प्रहरी हिरासतमा रहेका महरामाथि थप अनुसन्धान गर्न थप सात दिन म्याद गरेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरा माथि अनुसन्धान गर्न अझ सात दिन म्याद थप गरिदिएको स्रेस्तेदार आनन्द श्रेष्ठले बताए ।

गतअसोज १९ गते पक्राउ परेका महरालाई २५ दिनभित्र अनुसन्धान गरिसक्नुपर्ने हुन्छ । उनलाई पक्राउ गरेको १८ दिन भएको छ । उनको बयान लिने काम सकिसकेको प्रहरीले बताएको छ।

यसैगरी रोशनीको शरिरीरमा देखिएको घाउचोट, कोठामा भेटिएका चस्मा र जुत्ता तलुवा लगायतक जाँच गर्न प्रहरीले आफ्नो विधिविज्ञान प्रयोगशालामा पठाएको छ।

कतिपयको रिपोर्ट आएको छ भने कति कतिपयको आइनसकेकाले कारण म्याद थप गरिएको काठमाडौं प्रहरी प्रमुख तथा एसपी उत्तमराज सुवेदीले जानकारी दिए । रोशनीको शरीरमा देखिएका कालो धब्बा र चोट कुटपिटकै कारणले लागेको रिपोर्ट आइसकेको छ।

महरा गम्भीर बिरामी भएको भन्दै पक्राउ परेदेखि उनी नर्भिक अस्पतालमा उपचाररत छन्। असोज १२ गते शाहीको घरमा पुगेर बलात्कार गर्न कोशिस गरेको आरोप लागेपछि महराले अनुसन्धानमा सहयोगका लागि सभामुख पदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ६ : ५४ बजे