१२ कात्तिक ०७६, महाराजगञ्ज शित्तल निवास । प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीको टिका कार्यक्रममा रिपोटिङ्गमा गएका पत्रकारहरुलाई निषेध गरिएको छ । मंगलबार विहान ११ः ५५ हुने टिका कार्यक्रम का लागि रिपोर्टिङ्ग गर्न गएका पत्रकारहरुलाई माथिको आदेश छैन भन्दै प्रहरीले रोकेको एक पत्रकारले बताए ।
भण्डारीले भाइहरु डेगेन्द्र र तेजेन्द्र पाण्डेलाई मंगलबार विहान ११ः५५ बजेको उत्तम साइतमा टीका लगाइदिंने शितलनिवासमा कार्यक्रम तय गरिएको थियो ।
पूर्वराजा ज्ञानेन्द्र शाहले भने पत्रकारहरुकै सामुन्ने टीका लगाएका छन् विहान १० बजेर ५१ मिनेटमा बहिनी शोभा राज्यलक्ष्मी शाहको हातबाट कमलादीस्थित निवास पुगेर टीका लगाएका थिए ।
१२ कार्तिक २०७६, मंगलबार
0
Shares
प्रतिक्रिया