८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


राशीफल (२०७६ कार्तिक १३)


१३ कार्तिक २०७६, बुधबार  

0
Shares

मेष– प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने समय छ। रमाइलो यात्राको समेत मौका छ ।
वृष– बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ ।
मिथुन– आजको प्रयत्न निष्फल जस्तै होला । काम बिग्रने भयले सताउला । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ ।
कर्कट– अनुकूल समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।
सिंह– व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ। यात्राको व्यवस्थापनमा खर्च हुनेछ। द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानीसाथ जुट्नुपर्नेछ।
कन्या– खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने देखिन्छ । पढाइलेखाइमा समय दिन नसकिएला । व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला ।
तुला– सफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ। शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती समेत सामना गर्नपर्ला। प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ।
वृश्चिक– काममा अवरोध आउने समय छ । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले काममा फाइदा हुन सक्छ । आयआर्जन पनि राम्रै हुनेछ।
धनु– व्यावसायिक काममा फाइदा उठे पनि तत्काल खर्च समेत गर्नुपर्ला । अप्रिय समाचारले मन खिन्न रहला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ।
मकर– विगतका निर्णयले काम बिग्रन सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ।
कुम्भ– गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला ।विभिन्न सहयोग र उपहार पाइनेछ।
मीन– सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ७ : ३६ बजे