१३ जेष्ठ २०८१, आइतबार | Sun May 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


राशीफल (१५कार्तिक २०७६)


१५ कार्तिक २०७६, शुक्रबार  

0
Shares

मेष– रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन्। खुसीको समाचार सुन्न पाइनेछ।
वृष– टाउको दुखाइ वा आँखाको समस्याले अलि सताउन सक्छ। समयमा काम सम्पन्न गर्न नसक्दा हातबाट अवसर फुत्कन सक्छ।
मिथुन– आफ्नो कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्न सक्छ। आफन्तसँग असमझदारी बढे पनि शुभचिन्तकहरूले साथ दिनेछन्।
कर्कट– मानसम्मान पाउनुका साथै प्रशस्तै आम्दानी बढ्नेछ। परिवारजनमा भने केही असमझदारी बढ्न सक्छ।
सिंह– बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुन सक्छ।
कन्या– कृषि तथा पशुधनबाट सामान्य फाइदा हुनेछ। मन मिल्ने साथीभाइ अलि टाढिन सक्छन्। प्रेम सम्बन्धमा समस्या आउला।
तुला– वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ। विपरीत लिंगी वा शुभचिन्तकहरूले साथ दिनेछन्।
वृश्चिक– बुद्धिको उपयोगले शत्रुबाट जोगिन सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिन सक्छ।अस्थायी पेसाबाट मनग्य फाइदा हुने देखिन्छ।
धनु– नजिकका साथीभाइ टाढिन सक्छन्। टाढाका साथीभाइसँग भने मित्रता बढ्नेछ। पहिलेके लगानी तथा श्रमबाट राम्रे प्रतिफल पाइएला।
मकर– आम्दानीको तुलनामा खर्च अलि बढी हुनाले आर्थिक समस्या देखा पर्न सक्छ। काममा ढिलासुस्ती हुन सक्छ ।
कुम्भ– कृषि, पशुधनबाट पनि यथेष्ट लाभ मिल्नेछ। नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ।
मीन– पुरस्कार, प्रशंसा, ख्याति आदि पाइने समय छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। प्रतिस्पर्धी परास्त हुनेछन्।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ७ : ०९ बजे