१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


राशिफल ( २०७६ , कार्तिक, १७ गते आइतवार )


१७ कार्तिक २०७६, आइतबार  

0
Shares

राशिफल कार्तिक 17, २०७६ – 03 Nov, 2019, आइतवार
सप्तमी – रवि सप्तमी

पञ्चाङ्ग
वि.सं. २०७६ कात्तिक १७। आइतबार। इ.स. २०१९ नोभेम्बर ३। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११४० कछलाथ्व। कार्तिक शुक्लपक्ष। सप्तमी, २९:१४ उप्रान्त अष्टमी। नक्षत्र– उत्तराषाढा, २८:०६ बजेउप्रान्त श्रवण। योग– धृति, १०:४० बजेउप्रान्त शूल। करण– गर, १६:४६ बजेदेखि वणिज, २९:१४ बजेउप्रान्त भद्रा। आनन्दादिमा अमृत योग। चन्द्रराशि– धनु, ९:०३ बजेउप्रान्त मकर। काठमाडौंमा सूर्योदय– ६:१६ बजे, सूर्यास्त– १७:१७ बजे र दिनमान २७ घडी २ पला। त्रिपुष्कर योग र सर्वार्थसिद्धि योग २८:०६ बजेसम्म। रवि–सप्तमी व्रत।

मेष – विपरीत लिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ। सरोकार नभएका विषयमा रुचि राख्नाले दुःख पाइनेछ।
वृष – शुभचिन्तकहरूले साथ दिनाले चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ। स्वास्थ्यमा कब्जियत सम्बन्धी समस्याले सताउने देखिन्छ।
मिथुन – केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। स्थायी सम्पत्तिमा केही विवाद आउला।
कर्कट – खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला। सवारी तथा हातहतियारको उपयोग सावधानीसाथ गर्नुहोला।
सिंह – काममा अनायासै बाधा वा हस्तक्षेप हुने सम्भावना देखिन्छ। आर्थिक अभावले पनि सताउन सक्छ।
कन्या – कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा बढ्नेछ। रीसको कारणले हातमा आएका अवसर गुम्न सक्छन्।
तुला – आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्ने देखिन्छ। जीवनसाथीलाई पनि केही पीडा हुने दिन रहेको छ ।
वृश्चिक – केही दण्ड–जरिवानाको पनि सम्भावना छ। महत्वपूर्ण वस्तु गुम्ने सम्भावना छ, सचेत रहनुहोला ।
धनु – राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्न सक्छ। परिस्थितिलार्इ पछ्याउन नसक्दा अलि पछि परिनेछ।
मकर – मेहनत गर्दा राम्रै उपलब्धि हातलागी हुनेछ। नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ।दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ।
कुम्भ – धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ। परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन्।
मीन – बाहिरी यात्रामा कष्ट हुने देखिन्छ । साझेदारीमा विवाद र कृषि तथा पशुपालनमा सामान्य लाभ मिल्नेछ ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ६ : २८ बजे