१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


फरार अभियुक्त छ वर्षपछि पक्राउ


१७ कार्तिक २०७६, आइतबार  

0
Shares

१७ कार्तिक ०७६, सुर्खेत । फरार एक अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयले छ वर्षपछि पक्राउ गरेको छ । चिनियाँ युआन बोकेर हिँडिरहेको अवस्थामा विसं २०७० मा सुर्खेतबाट पक्राउ परेका मुगु कार्मारोङ गाउँपालिका– २ का सोनाम तामाङ त्यसबेला तारेखमा रिहा भएका थिए ।

सुर्खेत जिल्ला अदालतले २०७० जेठ २२ गते रु ३० लाख ५० हजार २४४ जरिवाना तोकेपछि उनी फरार रहेका थिए । विसं २०७२ वैशाख ७ गते पुनरावेदन अदालतले पनि सुर्खेत जिल्ला अदालतकै निर्णयलाई सदर गरेको थियो । गोप्य सूचनाका आधारमा शुक्रबार प्रहरीले चन्दननाथ नगरपालिका– ५ कालेखोलीबाट तामाङलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक लालबहादुर धाँमीले बताउनुभयो । आज पत्रकार सम्मेलनमार्फत छ वर्षदेखि फरार अभियुक्तलाई सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : १७ कार्तिक २०७६, आइतबार  ९ : ५१ बजे