७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


जीप दुर्घटनामा परी नगर उपप्रमुख र प्रदेशसभा सदस्य घाइते


१८ कार्तिक २०७६, सोमबार  

0
Shares

फाइल तस्वीर

१८ कार्तिक ०७६ उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाका उपप्रमुख देवीकुमारी चौधरी चढेको जीप आज साँझ दुर्घटना हुँदा उपप्रमुख चौधरीसहित प्रदेशसभा सदस्य सञ्जाकुमारी दनुवार गम्भीर घाइते भएका छन् ।

घाइते दुबै जनाको चौदण्डीको बेल्टारस्थित बेल्टार अस्पतालमा प्राथमिक उपचारपछि विशेष उपचारका लागि सुनसरीको धरानस्थित बिपी कोइराला मेमोरियल अस्पतालमा पठाइएको उदयपुरका प्रहरी प्रमुख वीरबहादुर बुढामगरले जानकारी दिनुभयो। उहाँले जीप चालक योगेश चौधरीको अवस्था भने सामान्य रहेको पनि बताउनुभयो ।

विराटनगरबाट मदनभण्डारी लोकमार्ग हुँदै उदयपुरको चौदण्डी नगरपालिकाको बेल्टार बजार भएर गाईघाट आउने क्रममा चौदण्डी–७ को लाटीखोलास्थित भुल्के भन्ने स्थानमा आज साँझ ५ बजे त्रियुगा नगरपालिकाको स१ज।५३१ नम्वरको रातो जीप सडकमा पल्टिएर दुर्घटना हुँदा जीपमा सवार दुबैजना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जीप सडकको गोलाइमा नियन्त्रण भन्दा बाहिर गएका कारण दुर्घटना हुन पुगेको प्रारम्भीक अनुसन्धानबाट देखिएको उदयपुरका प्रहरी प्रमुख बुढामगरले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  १० : ०९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।