२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


सुनिल थापाले सलमान खानको फिल्ममा खेल्ने


१८ कार्तिक २०७६, सोमबार  

0
Shares


१८ कार्तिक ०७६, ललितपुर । कलिउडका चर्चित खलनायक सुनिल थापा फेरि बडिउड छिरेका छन् । साते काइलाको नामले नेपाली चलचित्रमा चिनिएका थापा बलिउड सुपरस्टार सलमान खानको प्रोडक्सन हाउसले निर्माण गर्न लागेको फिल्म ‘क्वाथा’ मा अभिनय गर्ने भएका हुन्।
चलचित्र ‘मेरी कोम’ मा अभिनेत्री प्रियंका चोपडाको गुरु बनेका उनले नेपालसँगै बलिउडमा पनि प्रशंसा बटुलेका थिए।
फेरि सुनिललाई बलिउड सुपरस्टार सलमान खानको प्रोडक्सन हाउसले पत्याएपछि फिल्म ‘क्वाथा’ मा अभिनय गर्ने निश्चित भएको हो ।
बलिउड अभिनेत्री कैटरीना कैफकी बहिनी इसाबेल कैफले डेब्यू गर्न लागेको यो फिल्ममा सुनिलले भारतको मणिपुर राज्यको एक मुखियाको भूमिका पाउने बताइएको छ ।
यो फिल्मलाई करण भुटानीले निर्देशन गर्दैछन् भने जनवरीदेखि ‘क्वाथा’ को छायाङ्कन सुरु हुनेछ ।
सन् १९६४ मा चेतन आनन्दको चर्चित फिल्म ‘साहिब बहादुर’बाट सुनिलले बलिउडमा डेब्यू गरेका थिए।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ११ : ०६ बजे